१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दश हजार मेघावाट विद्युत उत्पादनमा सहयाेग गर्न उर्जा सम्मेलन हुने

काठमाडौं–स्वतन्त्र उर्जा उत्पादको संस्था –इपान) को सक्रियतामा उर्जा सम्मेलन हुने भएको छ। दश वर्षमा दश हजार मेघावाट विद्युत उत्पान गर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्याउन  सम्मेलन गर्न लागएिको हो। मंसिर ३० र पुस १ गते  हुने उर्जा सम्मेलनमा उर्जा मन्त्रालयले सहयोग एवं समन्वय गर्नेछ। सन् २००६, ७, ८ र १३ पनि उर्जा सम्मेलन भएको थियो।

सरकारले गत चैत ६ गते मन्त्रिपरिषदबाट स्वीकृत गरेको उर्जा संटक निवारण तथा विद्युत विकास दशकलाईसमेत सहयोग पुग्नेगरी सम्मेलन आयोजना गर्न लागएिको इपान अधयक्ष खड्वबहादुर विष्ट बताए। उर्जा सम्मेलन २०१६ ले दश हजार मेघावाट विद्युत उत्पान गर्न आवश्यक हरेक पक्ष एवं योजनालाई जोडेर सही मार्ग दर्शन एवं निर्देशिका पुस्तिका, दश हजार मेघावाट जलविद्युत आयोजना बाउने लक्ष्यलाई सहयोग गर्नेछ।

  बिहीबार  इपानले एक कार्यक्रममार्फत उर्जा सम्मेलन हुने जानकारी गराएको हो। उर्जा सम्मेलनमा दश वर्षमा दश हजार मेघावाट विद्युत कहिले र कसरी हुन्छ? त्यसको सुनिश्चिता, उर्जा सुरक्षा अवधारणा, विद्य्तको माग एवं आपूर्तिको विष्लेशण, राष्ट्रिय गौवरका आयोजना निर्माणको मोडल, आयोजनको वित्तीय व्यवस्थापन, वैदेशिक लगानीका ठूला आयोजना, राष्ट्रिय प्रशारण, कपम्पनको स्थापना, क्रस बोर्डर प्रशारण लाइन निर्माण जनवालयु परिर्वतन एवं राष्ट्रिय प्रकोप व्यवस्थापन, दिगो जल विद्युत विकासका विषयमा छलफल हुने इपानका अध्यक्ष विष्टले जानकारी दिए।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App