१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिनो हाइड्रोले माथिल्लो कालीगण्डकी बनाउने

काठमाडौं– चीनको सिनो हाइड्रो कम्पनीले नेपालीनिजी क्षेत्रसँगको सहकार्यमा६५ मेगावाटको माथिल्लो कालीगण्डकी जलविद्युतआयोजनानिर्माण गर्ने भएको छ ।

निजी क्षेत्रको रूपमामाथिल्लो मस्र्याङ्दी (५० मेगावाट) को निर्माण पूरा गरेलगत्तैकम्पनीले यो दोस्रो आयोजनासुरु गर्नलागेको हो । सरकारीतहमानकारात्मक छविबनाएको कम्पनीले निजी क्षेत्रसँगको सहकार्यमाभने सकारात्मक परिणाम देखाएको छ ।अन्यजलविद्युत, प्रसारण

लाइनलगायत आयोजना निर्माणमा अधिकांश चिनियाँ कम्पनीको छवि नेपालमा राम्रो छैन ।
पावर चाइना रिसोर्सेज लिमिटेडको होल्डिङ कम्पनीको रूपमा नेपालमा काम गर्दै आएको सिनो हाइड्रोले १४ मेगावाटको कुलेखानी तेस्रो र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीमा काम गरिरहेको छ । म्याग्दीमा निर्माण हुने कालीगण्डकीको हालसम्म वातावरणीय अध्ययन र नेपाल विद्युत प्राधिकरणसँग ‘कनेक्सन एग्रिमेन्ट (प्रसारण लाइन सम्झौता)’पूरा भएको सिनो हाइड्रो–सगरमाथापावर कम्पनीका उपाध्यक्ष शिशुपाल क्षेत्रीले जानकारी दिए ।

‘आयोजनाको अध्ययन अनुमितपत्र हालसम्मटे«ड लिंकग्लोबल नामक कम्पनीको नाममा छ, प्राधिकरणसँग विद्युतखरिद सम्झौता (पिपिए) को वार्ता भइरहेको छ,’ उनले आइतबार नागरिकसँगभने, ‘पिपिए भएपछि उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अघि बढाइन्छ, केहीमहिना भित्रै सिनो हाइड्रो टे«ड लिंकग्लोबलको ‘संयुक्तकम्पनी स्थापना हुन्छ ।’
२३ करोड ४० लाख अमेरिकी डलर (करिब २५ अर्ब १६ करोड ४४ लाख रुपैयाँ) लागतअनुमानगरिएको आयोजनामा ९२ प्रतिशतसिनो हाइड्रो र ८ प्रतिशत नेपालीकम्पनीको लगानीहुनेछ ।‘सिनो हाइड्रो–अप्पर डाकी हाइड्रोपावर कम्पनी स्थापना गरी आयोजनानिर्माण अघि बढाइने क्षेत्रीले बताए ।
माथिल्लो मस्र्याङ्दीबाट बिजुलीउत्पादनको उद्घाटन गर्न नेपालआएकापावर चाइना रिसोर्सेजकाअध्यक्षसङ यू मिङले पनि दोस्रो आयोजनाका रूपमामाथिल्लो कालीगण्डकीको काम अघि बढाइएको बताए । ‘यहाँनिर्माणमैत्रीवातावरण बन्दै गएकाले अर्को आयोजनाको काम सुरु गर्न लागिएको हो,’ उनले भने, ‘माथिल्लो मस्र्याङ्दीमा जस्तै यसमापनि सरकार, स्थानीय र सरोकारवालानिकायले सहयोग गर्ने विश्वास छ ।’
नेपालपर्याप्तजलविद्युतउत्पादनको सम्भावनाभएकाले पनिकम्पनीले लगानी बढाउन लागेको उनको भनाइ छ ।राजनीतिकअस्थिरता, सुरक्षा, जग्गा अधिग्रहण र स्थानीय समस्याले नेपालमाजलविद्युतआयोजनानिर्माणमा केही समस्या देखिएको मिङले बताए । ‘पाकिस्तान, अपगानिस्तानलगायतमुस्लिम देशको तुलनामाभने यहाँलगानीमैत्रीवातावरण छ,’ उनले थपे, ‘यहाँवातावरण अझ राम्रो बन्दै जाओस् । हामीथपलगानीविस्तार गर्नेछौं ।’
कम्पनीले हरेक आयोजनामासमय, सुरक्षा, गुणस्तर र लागतलाई ध्यानदिएर कामगर्दै आएको बताउँदै उनले भने, ‘नेपालमाकामगर्दा पनि सरकारको उचितसहयोगको अपेक्षागरिएको छ ।’सरकारी निकायले अघि बढाएकाकुलेखानी र माथिल्लो तामाकोसीको काममा ढिलाइ हुनुको पछाडि यहीँको सरकार जिम्मेवार रहेको मिङको तर्क थियो । ‘चिनियाँकम्पनीतथाकर्मचारी दिनरात खटेर काम गर्छन्,यहाँत्यस्तो छैन,’उनले भने, ‘आयोजनानिर्माणको अनुकूलवातावरण नभएकाले पनिनिर्माण ढिला भएको हुनुसक्छ ।’
निजी क्षेत्रको रूपमापहिलो जलविद्युतआयोजनानिर्माण पूरा गरेर दोस्रो सुरु गर्ने सिनो हाइड्रो पहिलो विदेशीकम्पनीहो । ६० को दसकअघि नै ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकासी पूरा गरेकानर्वेजियन र अमेरिकीकम्पनीले दोस्रो आयोजनानिर्माण गरेनन् ।नर्वेजियनकम्पनी स्ट्याटक्राफ्टले६ सय ५० मेगावाटकोतामाकोसी–३ को अनुमतिपत्रलिएपनिभारतमापिपिएगर्न नसकेपछि छोडेको छ ।

 

प्रकाशित: १० आश्विन २०७३ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App