१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

परिसंघद्वारा राहत वितरण

नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा अति विपन्न परिवारलाई राहत वितरण गरेको छ। मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामग्री हस्तान्तरण गरिएको हो।  

परिसंघ महिला उद्यमी मञ्चका संयोजक छायाँ शर्मा, किरण सुजका महानिर्देशक विदुषी राणा, चौधरी ग्रुपका प्रतिनिधि आसरता कार्की चौधरी, लाङटाङ रिटे«किङ तथा एक्स्पिडिसनका महानिर्देशक पम्फा धमला, महिला उद्यमी मञ्चका सदस्यहरू सरिता लामा, अनुजा सर्राफ तथा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका करर्पोरेट अधिकृत आरती लामाले ५ सय ५० थान बाक्लो कम्मल, ५ सय ५० थान उनको टोपी, ५ सय ५० थान मोजा, चिउरा कर्मायोग संस्थाका समुदाय विकास संस्थालाई हस्तान्तरण गरेका हुन्।

प्रकाशित: ८ माघ २०७९ ०३:०४ आइतबार

नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्च