२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

ग्लोबलआइएमई र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरबासीहरूलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन्।  

सम्झौताअनुसार ग्लोबल आइएमईले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरबासीहरूलाई व्यावसायिक बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरा पालन, माछापालन, विभिन्न फलफूलहरूको उत्पादनलगायत अन्य लघु उद्यमहरू गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ।

प्रकाशित: ६ माघ २०७९ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App