१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दूध बेचेर मासिक ९ लाख रूपैयाँ अाम्दानी

पोखरा– मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिनेरहेछ भन्ने उदाहरण बनेका छन्– कास्की, लाहाचोक गाविसका इमानबहादुर गुरुङ ।
 
तीन वर्ष अघिदेखि भैंसी र गाईपालन व्यवसाय सुरु गरेका उनले दूध बिक्रीबाट मासिक नौ लाख रुपैयाँ आम्दानी गर्छन् । अहिले उनको गोठमा तीन सय वटा उन्नत जातका भैंसी र १२ वटा गाई छन् । ‘दैनिक आठ सय लिटरदेखि नौ सय लिटरसम्म दूध उत्पादन हुन्छ,’ गुरुङले भने  ।

उनले भैंसीको प्रतिलिटिर ८० र गाईको प्रतिलिटर ५० रुपैयाँ दरमा पोखरामा ल्याएर बिक्री गर्ने गरेको बताए । गुरुङले पशुपालनका लागि ७० रोपनी जमिनमा घाँस पनि लगाएका छन् । गुरुङको प्रेरणाबाट उक्त गाउँका ६०/६५ किसानले पशुपालन व्यवसाय गरेर आयआर्जन गरेका छन् ।

 

प्रकाशित: २२ श्रावण २०७३ ०५:२९ शनिबार

दूध बेचेर मासिक रूपैयाँ अाम्दानी