१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नर्भिक अस्पतालद्वारा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। विगत ३० वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको नर्भिकले मिर्गौला प्रत्यारोपण सेवा समेत सुरु गरेको हो।

यसै क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण गरिसकेको जनाएको छ। अस्पतालका अनुसार मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो।

विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिंदै आएको र आगामी दिनमा यो सेवा बिस्तार गर्दै लगिने अस्पतालले जनाएको छ।

यसका साथै यही अस्पतालले कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जानकारी गराएको छ। 

प्रकाशित: २० पुस २०७९ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App