४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तोलामा एक सय रुपैयाँले सस्तियो सुन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेर ९७ हजार चार सय रुपैयाँतोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार नौ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँ थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

प्रकाशित: १३ मंसिर २०७९ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App