१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

घर फर्किन नपाएपछि खाडीका नेपाली चिन्तित

युएई - सरकारले कोरोना नियन्त्रण एवं रोकथामका लागि आज मध्य रातीदेखि लागू हुनेगरी युरोप सहित विभिन्न मुलुकबाट अप्रिल १५ सम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै खाडी मुलुकमा  कार्यरत नेपालीहरु चिन्तित बनेका छन्।

महामारी नियन्त्रणका लागि गरिएको सकारात्मक निर्णय भएपनी टिकट काटेर घर जाने तयारीमा बसेका, भिसा सकिएका, घुम्न एवं पारिवारिक भेटघाटका लागि खाडीमा रहेका नेपालीहरु चिन्तित बनेका हुन।  

अबुधाबीमा कार्यरत झापा बिर्तामोडका मोहन पनेरू युएई आएको ६ वर्ष पूरा भयो।  यसपटक भिसा नविकरण नगर्ने सोचले उनले आफु कार्यरत कम्पनीमा राजीनामा गरिसकेका छन्।  मार्च अन्तिममा उनको भिसा सकिंदैछ।  त्यसलगत्तै उनले मुलुक छोड्नुपर्ने हुन्छ अन्यथा यहाँको कानुन बमोजिम उनलाई ठूलो जरिवाना लाग्छ।  तर सरकारले बुधबार जारि गरेको आवगमनमा प्रतिबन्ध लगाउने निर्णयले उनको यात्रा अनिश्चित बनाई दिएको छ।  भिसा सकिएपनि समयमै घर फर्किन नपाएपछि उनलाई कोरोनाको चिन्ता त छँदै छ जरिवानाको चिन्ताले समेत सताएको छ।  

सरकारले कोरोनाको प्रकोप नियन्त्रण तथा रोकथामका लागि जारि गरेको आवगमन प्रतिबन्ध संबन्धि निर्देशनले खाडिमा कार्यरत पनेरु जस्ता हजारौं नेपाली चिन्तीत बनेका छन्।  दुबईको एक वेभरेज कम्पनीमा सेल्स एसिस्टेन्टको रूपमा कार्यरत प्युठानका हुकुम विश्वकर्माको भिसा २० दिनपछि सकिंदैछ।  उनको कम्पनी समेत बन्द हुने स्थितिमा छ।  एक महिनादेखि उनी कामको खोजीमा धेरै ठाउँ धाईसके तर अहिलेसम्म काम पाउन सकेका छैनन्।  कोरोनाले गाँजेपछी दुबईमा कम्पनीहरुले नयाँ कामदार राख्नै छोडेका छन्।  यस्तो स्थितिमा आफुसंग घर फर्किने विकल्प मात्रै बाँकी रहेको उनी बताउँछन्।  तर त्यो समेत अब अनिश्चित बनेपछि उनी चिन्तित बनेका छन।

मलेसियाको जोहोरबारुमा कार्यरत स्याङ्जाका रमेश भण्डारी बैशाख पहिलो साता हुन लागेको छोरिको विवाहको तयारीका लागि घर जाने बन्दोबस्त मिलाउँदा मिलाउँदै प्रतिबन्धमा परे।  घरको मुख्य अभिभावक , त्यसमाथि एक्लि छोरीको विवाहमा सहभागी नै हुन नपाईने पो होकि भन्ने पिरले भोकप्यास हराएको उनी बताउँछन्।  

युएईको रसअलखेमामा कार्यरत मोरङका नवीन दहाल भन्छन् – “सामान्य स्थितिमा त फरक नपर्ला तर आकस्मिक रूपमा घर जानुपर्ने अवस्था आयो भने के गर्ने ? सरकार यस विषयमा गम्भीर बन्नुपर्छ। ” विगत १० वर्षदेखि अबुधाबीमा कार्यरत कैलालीका विमल रिमाल सरकारले लागू गरेको नियम उपयुक्त भएको बताउँछन्।  यस्तो परिस्थितिमा सरकारको विरोध गर्नुको सट्टा सबै मिलेर सहयोग गर्नुपर्ने उनको तर्क छ।

माथी उल्लेखित घटनाका पात्रहरु त प्रतिनिधि मात्रै हुन।  खाडिमा कार्यरत धेरै नेपालीहरु तत्कालका लागि घर जाने बाटो बन्द भएपछि चिन्तित बनेका छन्।  

हुन त नेपालले मात्रै आवगमनमा प्रतिबन्ध लगाएको होईन।  अन्य एसियाली , मध्यपुर्वी , युरोपेली राष्ट्रहरुले समेत कोरोनाको प्रकोपलाई नियन्त्रण गर्न कडा कदमहरु चालेका छन्।  तर मध्यपुर्वमा कार्यरत श्रमिकहरुको भिसा नविकरण , बिदा स्वीकृति तथा आकास्मिक बिदाका सिमाहरु सिमित हुने भएकोले प्रतिबन्धको प्रभाव यहाँ बढि देखिएको सरोकारवालाहरु बताउँछन्।

भिसा अवधी सकिएका , पर्यटक भिसामा घुम्न आएका , कोरोनाको लक्षण नदेखिएका र पहिले नै टिकट बुक गरिसकेका स्वस्थ कामदारहरु जो नेपाल फर्कन आतुर छन् उनिहरुलाई सरकारले नेपाल लैजाने ब्यवस्था गर्नुपर्ने दुबईमा कार्यरत मेघराज सापकोटा बताउँछन्।  विश्वभर महामारीको रूपमा फैलिईरहेको प्रकोपबाट आफ्ना नागरिकलाई जोगाउन सरकारले चालेको कदम स्वागतयोग्य रहेको प्रवासी नेपाली समन्वय समिति साउदी अरेबियाका संयोजक नारायण पासवान बताउँछन्।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: ७ चैत्र २०७६ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App