४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
प्रवास

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

अमेरिका - नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ।

यहि डिसेम्बर २२ तारिकमा हुने सो कार्यक्रम सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको आयोजक संस्था लभ एण्ड सपाेर्ट फाउण्डेसनका निर्देशक एवं अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघका महासचिव शिब विष्टले बताए। नयाँ वर्ष सन् २०१९ को अवसरमा लभ एण्ड सपोर्ट फाउन्डेशनको अयोजना तथा ग्लोबल नेपाली फिल्म एण्ड म्युजिक एलएलसीको सहकार्यमा हुने कार्यक्रमकाे “नेपाली चलचित्र, संगीत, सञ्चार र संस्कृतिको पहिचान र प्रवर्द्धनका लागि हाम्रो सामुहिक अभियान" भन्ने नारा तय भएको विष्टले नागरिकन्यूजलाई बताए।

आयोजकले अमेरिकामा यसरी एकै पटक चलचित्र, संगीत, संचार तथा सामाजिक क्षेत्रमा योगदान गर्नेहरुका लागी सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको सम्भवत यो प्रथम तथा ऐतिहासिक  हुने बताएका छन्। पहिले पहिले हुने यस्ता कार्यक्रममा नेपालबाट कलाकार ल्याएर गरिने भएतापनि यस पटक अमेरिकामै रहेका कलाकारहरुलाई एकै थलोमा जम्मा गरी सम्मान गर्नेे तयारीले कलाकारिता क्षेत्रका व्यक्तित्वहरुमा खुसीयाली छाएको चर्चित फिल्म निर्देशक नारायण पुरीले बताए। यस्ता कार्यक्रमले प्रवासमा रहे पनि विभिन्न व्यक्तिहरुमा रहेको कलाकारिता प्रष्फुटन हुने र भइरहेको कलाकारिताको संरक्षणमा सहयोग पुग्ने उनकाे भनाइ छ।

नर्थ क्यारोलिनाको सुन्दर रानी शहर सार्लोटमा हुने कार्यक्रममा अमेरिकामा रहेका चार दर्जन जति कलाकारहरुको उपस्थिति हुने अायाेजकले बताएकाे छ। कार्यक्रम समन्वय समितिका संयोजक तथा चलचित्र निर्देशक शंकर घिमिरेका अनुसार क्यानडा, नेपाल, सिंगापुर, हंगकंग, बेलायत लगायतका देशहरुबाट कलाकारहरुले सहभागिता जनाउने छन्।

कार्यक्रममा नेपालबाट संचारकर्मी एवं चलचित्र निर्देशक दिनेश डि.सी., मेलोडी किङ्ग गायक यम बराल सहितको कलाकारको समुह आउने छ। अमेरिकामा रहेका वरिष्ठ कलाकारहरुमा नारायण पुरी, बन्नी प्रधान, महेन्द्र बुढाथोकी गणेश उप्रेती, बिक्रान्त बस्नेत, बाबु बोगटी, मुकेश आचार्य, सुधांशु जोशी, किरण प्रताप केसी, दीपक त्रिपाठी, सारंगा श्रेष्ठ, पूजा चन्द, भुपेन्द्र न्याैपाने, उषा पौडेल, रञ्जना शर्मा, पार्वती राई, सरोज केसी र ऋचा घिमिरेले सहभागिता जनाउने निश्चित भएको निर्देशक विष्टले बताए।

सो कार्यक्रममा लोकदोहोरी गायक राम प्रसाद खनाल, चर्चित हाँस्य प्यारोडी  गायक  रतन सुवेदी, हाँस्य कलाकार नारायण त्रिपाठी, र गायकहरु बशन्त खड्का, कन्हैया सिंह परिवार, बिरही कार्की, भगवान भण्डारी, पासाङ शेर्पा, राजु लामा, लक्ष्मण पौडेल, प्रदिप घिमिरे, प्रणय राणा जबरा र चर्चित गायीकाहरु सपना श्री र अञ्जना गुरुङ, र निशा सुनारले प्रस्तुती दिनेछन्।

प्रकाशित: २६ मंसिर २०७५ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App