२० वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

ग्लोवल पोलिसी फोरमले संघीय संरचनामा गुणात्मक शिक्षाबारे अन्तर्क्रिया गर्ने

लन्डन- बेलायतस्थित ग्लोवल पोलिसी फोरम फर नेपालले नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षामा बहस चलाउने भएको छ। फोरमले आगामी साता (२३ -२४ फेब्रुअरीमा) काठमाडौंमा हुने नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षा विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका विद्धानहरु बोलाइ उनीहरुका देशको अनुभवबाट नेपालले पनि फाइदा लिन सकोस् भन्ने अभिप्रायले एक अन्तर्क्रिया आयोजना गरेको छ।
नेपालको त्रिभुवन विश्वविद्यालय लगायत सातवटै विश्वविद्यालय, विदेशका ६ वटा विश्वविद्यालय र ग्लोवल पोलिसी फोरम फर नेपालको संयुक्त तत्वावधानमा नेपालको उच्च शिक्षण संस्था र उच्च विद्यालय संघले आयोजना गर्न लागेको उक्त उच्चस्तरिय अन्तर्राष्ट्रिय सम्मेलनमा ग्लोवल पोलिसी फोरम फर नेपालको तर्फबाट अमेरिकामा कार्यरत प्राध्यापक उपेन्द्र आचार्य र बेलायतमा कार्यरत प्रा. पदम सिम्खडाले नेतृत्व 
गर्ने भएका छन्। 

प्राध्यापक आचार्यले संयोजन गर्ने उक्त विशेष अन्तरक्रियामा सहभागी हुन संसारका विभिन्न देशका अनुभवी प्राज्ञहरुलाई फोरमले आमन्त्रण गरेको छ।
उक्त फोरमका संस्थापक सदस्य स्वीडेनस्थित प्राध्यापक कटक मल्ले गुणात्मक शिक्षा प्रवर्धनमा स्वीडेनको अनुभव सम्बन्धि एक कार्यपत्र प्रस्तुत गर्दैछन् । त्यसैगरि, फोरमका कार्यकारी सदस्यहरु अमेरिकामा कार्यरत प्राध्यापक शिव गौतम र डा. अम्बिका अधिकारीले पनि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको अध्यक्षतामा तीन वर्ष अघि स्थापित फोरमले विभिन्न प्रकारका प्राज्ञिक कार्यक्रम गरि नेपालको नीति निर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । 

 

 

प्रकाशित: २९ माघ २०७४ १३:४८ सोमबार

ग्लोवल पोलिसी फोरमले संघीय संरचनामा गुणात्मक शिक्षाबारे अन्तर्क्रिया गर्ने