आजको कार्टुनमा पछिल्ला दिनहरूमा विभिन्न कसुर र अपराधमा पक्राउ परिरहेका अधिकांश व्यक्तिहरू प्रहरी हिरासतमा जानुभन्दा पहिले उपचारका लागि अस्पताल जान लागेको भन्दै व्यङ्ग्य गरिएको छ।
बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीमा विभिन्न औषधी मिलाएर लागु औषधको रुपमा बिक्री गरेको पाइएपछि प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो।
बिहीबार बिहान प्रदेश राजधानी हेटौँडामा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म यही सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन्।