१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
ब्लग

क्लिन फिडको नीतिले पत्रकारलाई पनि फाइदा !

सरकारले क्लिन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित गरेको एकबर्ष पछि कार्यान्वयनमा ल्याउने जनाएपछि इन्टरनेट तथा केवुल व्यवसायीहरु यसको विरोधमा उत्रिएका छन् । तर सामाजिक सञ्जालकर्ताहरुले भने सरकारको यस्तो नीतिको भव्य स्वागत गरेका छन् । फेसबुक तथा ट्वीटरकर्ताहरुले सरकारको यस्तो निर्णयको समर्थन गर्दै प्रतिक्रिया जनाएका हुन् । नेपालमा सबै विदेशी च्यानलहरु बिना विदेशी विज्ञापन देखाउन पाउने प्रावधान नै क्लिन फिड हो । मेरो विचारमा यसले नेपाली विज्ञापन बजारलाई मात्र होइन सम्पूर्ण अर्थतन्त्रलाई उकास्न ठुलो सहयोग पुराउन सक्दछ । कुनै कुनै विदेशी कम्पनिहरुले नेपालमा विज्ञापन गर्दैनन् तर उनिहरुको विज्ञापन विदेशी च्यानलहरूमा आउँछ ।

अनि हामी नेपालीहरु त्यहि विदेशी च्यानलहरु हेर्ने गर्छौ । यसबाट उक्त कम्पनिहरुको नेपालमा उल्लेखनीय मात्रामा बिना पैसा विज्ञापन हुन जान्छ । उनिहरुले छुट्टै विज्ञापन नगरिकन नै नेपालसम्म पुग्ने हुनाले नेपालमा छुट्टै विज्ञापन गर्दैनन् । कारण भारतिय च्यानलमा दिएको विज्ञापनले नै नेपालमा धानिरहेको हुन्छ ।  कुनै एक प्रकारको उत्पादन गरेर विज्ञापन गर्नु परेमा नेपाली कम्पनिले करोडौं खर्च गर्नु पर्छ भने । सोही प्रकारको नयाँ उत्पादन भारतीय कम्पनिले गर्यो र भारतिय च्यानलमा विज्ञापन दियो भने त्यहाँको च्यानललाइ त फाइदा नै हुन्छ । अनि सोहि च्यानल नेपालमा पनि आउने हुनाले त्यहि च्यानल मार्फत नेपालमा सो नयाँ उत्पादनको विज्ञापन भैरहेको हुन्छ । क्लीन फिड व्यवस्था लागू भए, कुनै पनि विदेशी च्यानलले विना अनुमति विज्ञापन प्रशारण गर्न पाउने छैनन् । विदेशी भाषाका विज्ञापनमा नेपाली भाषा डबिंग गरेर प्रशारण गर्न पनि पाइने छैन ।

यसले नेपाली कलाकार, मोडल, सञ्चार उद्योगलाई प्रत्यक्ष फाइदा हुने छ भने सरकारले आवश्यक कर पनि प्राप्त गर्ने छ । नेपाल विज्ञापन संघको अनुसार हाल नेपालको विज्ञापन बजार करिब ६ अर्बको हाराहारीमा छ । क्लीन फिड व्यवस्था लागू भएमा भारतीय च्यानलबाट आउने विज्ञापनहरुसँग नेपाली उत्पादनले प्रतिश्प्रधा गर्नको लागि डबल खर्च गर्नुपर्ने बाध्यता हटेर जानेछ । अर्को कुरा नेपाली उत्पादनको विज्ञापन हेर्दा आफ्नो देशको उत्पादनको सामान खरीद गर्ने सम्भावना बढेर जान्छ । अन्तत उत्पादनले राम्रो ब्यापार गर्न सकेमा नेपाल र नेपालीको पैसा बाहिर जान पाउँदैन ।  आफ्नो देशका उत्पादनलाई प्रोत्साहित गर्नका लागि भए पनि यो अवधारणा लागू गर्न जरुरी छ ।  यसअघि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा ‘क्लीन फिड’ लागू नहुँदा देशलाई आर्थिक र साँस्कृतिक क्षति हुँदै आएको भनेर आवाज  उठने गरेको थियो ।

क्लीन फिड लागू भए दर्शकले विदेशी टेलिभिजनमा ‘कन्टेन्ट’बाहेक विज्ञापन हेनुपर्ने बाध्यता हुँदैन ।सरकारले यसअघि २०७४ साउन १ गतेदेखि क्लीन फिड लागू गर्न खोजेको थियोे तर सफल हुन सकेको थिएन । अहिले ऐन नै बनाएर सरकारले क्लीन फिड लागू गर्न खोजेको छ । यो असम्भव भने छैन । तर क्लिन फिडको विषय जति सहज देखिन्छ, त्यति सहज भने छैन ।जस्तो अहिले डिसहोमबाट प्रसारण हुने एचबिओ च्यानल क्लिन फिडमा छ । त्यस च्यानलको कुनै पनि कार्यक्रममा एचबिओले आफ्नो इनहाउस कार्यक्रमको विज्ञापनवाहेक अन्य कमर्सियल विज्ञापन राख्दैन।अहिले सरकारले लागू गर्न लागेको क्लिन फिड पनि त्यही हो। यसको सिधा लाभ भने नेपालका मिडिया र विज्ञापन एजेन्सीलाई हुनेछ। मिडियालाई लाभ हुनु भनेको पत्रकारहरुलाई पनि लाभ हुनु हो ।

प्रकाशित: १४ असार २०७६ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App