२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
Kalpan Kafle
कल्पना काफ्ले


कल्पना काफ्लेका लेखहरु :

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ!

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ। सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ ।

आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्!

आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्,तन्काएर गुलेली मट्याङ्ग्राले हान्दारहेछन्। यस्तै हो, सुन्दर मन दुई पैसामा बिक्री गरेपछि, बेइमानले जेजे भन्छ त्यही त्यही मान्दारहेछन्।

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ!

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ, आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ। छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन, मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।

हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल!

आँखामा प्यारको प्रचारप्रसार हुन थालेपछि, नजरको वाणले बेस्सरी प्रहार हुन थालेपछि। हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल, नसानसा याद्को झङ्कार हुन थालेपछि।

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ

नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ,आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्