२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
Dr. Namrata Pandey
डा.नम्रता पाण्डे


डा.नम्रता पाण्डेका लेखहरु :

प्रेमको अभाव हो आत्महत्या

भर्खरै मात्र सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रेमप्रसाद आचार्यको मृत्युपत्रसहितको देह त्यागको प्रयास र अन्ततः सफल भएरै छोडेको दुःखद समाचारले जन–जनमा नमीठो, दुःखद र त्रासदीपूर्ण अवस्था सिर्जना भएको महसुस गर्न सकिन्छ।

स्वीकारको अभाव नै प्रतिशोधको व्यवहार

कुनै पनि घटना र परिस्थितिमा आफ्नो कथा र आफ्नो अर्थ नलगाइकन जे हो त्यहीरूपमा हेर्नु र विरोध नगर्नु अर्थात घटना र परिस्थितिको बीचमा आफू नआउनु अनि वकालत नगर्नु स्वीकार हो।

महिला गरिमा अहिंसात्मक समाजको परिचय

आखिर बच्चाबाट नै यस्तो अरूलाई होच्याउने, तुलना गर्ने र प्रतिस्पर्धाको भावना बच्चाले कहाँबाट सिक्छन् त ? परिवारकै कुराकानी र व्यवहारबाट पो हो कि ? हामी सजग भएका छौँ, हजुरले मेरो छोरालाई भेटेर ठीक गर्नुभयो।

निर्वाचनमा महिलाको स्थान

उमेदवारी कम भएपछि निर्वाचित भएर प्रतिनिधित्व गर्ने महिला संख्या अझै न्यून हुनु स्वाभाविक हो। यो अवस्थाबाट अनुमान गर्न सकिन्छ– समानुपातिकको मर्म संस्थागत हुन सकेको छैन।

मतदान र आत्मसम्मान

जनताद्वारा चुनिएको नेतृत्वले जनतालाई सरकारमाथि नियन्त्रण गर्न सक्षम बनाउँछ। निर्वाचनले लोकतान्त्रिक शासन व्यवस्थामा मौलिक योगदान पुर्‍याउँछ।

राजनीतिलाई आवश्यक छ योग

भगवान श्रीकृष्ण गीतामा अर्जुनसँग भन्नुहुन्छ– हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ तापनि यसलाई अभ्यास वा वैराज्ञले नियन्त्रणमा ल्याउन सकिन्छ। अभ्यास केवल अभ्यासले व्यक्तिको आचरण र व्यवहार सही बन्दै जान्छ।

सय रूपियाँले भरिएको महल

कति गर्न हुने काम गरेँ, कति गर्न नहुने काम गरेँ, कति चाहिने काम गरेँ, कति नचाहिने काम गरेँ भन्दै जीवनको उत्तरार्द्धमा पछुताउनुभन्दा वर्तमानमा सम्यक र प्रेमपूर्ण भएर जिउनु नै अर्थपूर्ण रहन्छ भन्ने बोध जागृत हुन सके ठूलो शिक्षा हुनेछ।

पितृ श्राद्ध पक्ष

आफ्ना स्वर्गीय पितृको स्मरणमा श्रद्धापूर्वक गरिने पितृ पूजा, तर्पण र पिण्ड चढाएर हार्दिक श्रद्धासुमन अर्पण गर्ने कार्य श्राद्ध हो। श्राद्ध वर्षको दुईपटक गरिन्छ। एउटा आफ्ना पितृको स्वर्गारोहण तिथि र अर्को सोह्र श्राद्धमा। पितृको स्वर्गारोहणको दिन या तिथिको श्राद्धलाई एकोदृष्टि भनिन्छ। एउटा मात्र पितृको स्मरणमा गरिने श्राद्ध, जसमा आफ्ना आमा, बुवा, पत्नी या पतिका तिथिमा गरिने श्राद्ध एकोदृष्टि श्राद्ध हो। यो श्राद्धमा एउटा मात्र पिण्ड दिइन्छ।

तीजमा माइत आउने फुपूको तयारी

फुपू सुनाउँदै जानुहुन्थ्यो– ‘सात दिन अगाडिदेखि घाँस काटेर खात लगाएर आएकी छु, पञ्चमीको भोलिपल्टसम्म जति खुवाए पनि पुग्छ, वस्तुभाउलाई। पानी बोकेर गोठका गाग्री ताउलो समेत भरिदिएकी छु, कसैले कुँडो पकाएर खान दिए वस्तुभाउ मर्दैनन्।

हिलोले खाएको हातमारातो तिउरी

ऋग्वेदमा उल्लिखित उक्त पंक्तिले बताउँछन् कि जुवा नखेल, खेती गरर सम्मान साथ धन कमाऊ, कृषिले नै सम्पत्तिर मेधा प्रदान गर्दछ। कृषि नै मानव जीवनको आधार हो।

बिरामी हुँदा पनि ध्यान

अरू केही चाहिँदैन। यही श्वासप्रति जाग, बसेर जाग, उठेर जाग, हिँड्दा जाग, सुत्दा, उठ्दा हरपल श्वासप्रति जागृत बन। यो त बिरामीभन्दा बिरामी व्यक्तिले पनि गर्न सक्छ। जो अस्पतालमा भर्ना भएको हुन्छ, उसलाई पनि यही भन्ने गर्दछु, श्वासप्रति जाग।

सन्तुलित जीवनको मनोविज्ञान

हामीसँग जीवनलाई बाँच्नका लागि मूल्यवान बनाउने ज्ञानको अभाव छ। मानिसका मनोविज्ञान बुझ्दै जाँदा मानिसहरू कसरी यो परिस्थितिलाई सामना गर्न सक्लान् र तिनीहरूले भोग्नुपर्ने कठिनाइ र सामनाको बुझाइ कस्तो होला भन्ने जिज्ञासा सँगसँगै बढ्दो पाइन्छ। सन्तुलित जीवनका लागि आवश्यक आयाम अवश्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्