४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

चलचित्र 'हिजो आजका कुरा' को दोस्रो गीत सार्वजनिक

चलचित्र 'हिजो आजका कुरा' को दोस्रो गीत सार्वजनिक भएको छ। कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित चलचित्रको 'परदेश' बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो। 

चलचित्रमा समावेश ‘माया जदौ’ गीत निकै लोकप्रिय समेत भइसकेको थियो। हर्कुलेस बस्नेतको स्वर तथा संगीत रहेको गीतमा एकतारे र साकार पन्तको शब्द छ, भने रिकेश गुरुङको संयोजन रहेको छ। गीतको भिडिओमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा र दिव्यदेव पन्त लगायतलाई देख्न सकिन्छ।

नेपाल टेलिभिजनमा प्रसारण भएको निक्कै लोकप्रिय हास्य सिरियल ‘हिजो आजका कुरा’ बाट नाम सापटी लिएर यस चलचित्र निर्माण गरिएको हो। पारिवारिक कथामा निर्माण भएको चलचित्रको मुख्य जोडीका रूपमा सन्तोष पन्त र रमा थपलिया शीर्ष भूमिकामा छन्। त्यस्तै केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त लगायतको समेत मुख्य भूमिका छ।

रवि सयामीले छायांकन गरेको फिल्मलाई विनय कंसकारले सम्पादन गरेका हुन्। 

प्रकाशित: १७ भाद्र २०७९ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App