ए जिन्दगी,
अलिकति चामल पैचो दे न
तैले दिएको चामल पिसेर
पिठो बनाउँछु !
ए जिन्दगी,
अलिकति घ्यू पैंचो दे न
तैले देको पिठो मुछेर
तँजस्तै फनफनी घुमेको
सेलरोटी पकाउँछु ।
आज पूर्णिमा,
मैले पनि पर्व मनाउनु छ
मैले पनि धर्म कमाउनु छ।
ए जिन्दगी ,
तैले जस्तै मलाई पनि
अलिकति रमाउनु छ ।
प्रकाशित: १९ फाल्गुन २०७७ ०९:४७ बुधबार