१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भूमिका

लघुकथा

त्यहाँ बडो गम्भीर छलफल सुरु भयो ।

राम सीता र लक्ष्मण जंगलमा धेरै दिनपछि घुम्न आएका थिए । जंगलमा अरू पनि केही व्यक्तिहरू घुम्न आएका थिए । जंगल घुम्न र बस्नलायक हुने गरी व्यवस्था गरिएको थियो । मौसम रमाइलो थियो।

एकदिन राम एक्लै जंगलमा टहल्दै थियो । लक्ष्मण पनि यसो कतै गएको थियो । त्यही बेला कसैले सीतालाई अपहरण गर्यो । तत्काल पुलिसलाई खबर गर्यो । राम र लक्ष्मण आफै पनि यताउता कुदेर खोज्न गए। केही शुभचिन्तकहरूलाई पनि गुहारे । तर,  कतै कहीँबाट कुनै सूत्र फेला पार्न सकेनन् । प्रहरीले हार मानेन । खोज्दैछौं भने तर फेला परेको होइन ।

अब के गर्ने ! त्यहाँ बडो गम्भीर छलफल सुरु भयो।

एउटाले सीता कतै गएकी होला, आइहाल्छे किन चिन्ता गर्ने अनाहकमा, भने ।

अर्कोले खोज जारी राख्नपर्छ भेटिहाल्छ नि भने ।

अर्कोले माइत पो गई कि भन्ने शंका व्यक्त गरे।

एउटाले त सीता आफूखुशी गएकी होला ।  उनलाई पनि कतै जाने हक छ ।  त्यसैले खोज्नु बेकार छ भनेर तर्क राखे ।

अन्तमा एउटाले सल्लाह दियो –  रामले हराएको सीतालाई कुरेर बस्ने होइन । अर्को सीता खोजेर बिहे गर्नुपर्छ ।

हनुमान, जाम्बुवान र सुग्रीवहरू केही बोल्न सकेनन् ।

प्रकाशित: ९ माघ २०७७ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App