गायक तथा रचनाकार देवेन्द्र बब्लुले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘भेटै हुन्न कि’ बोलको गीत सार्वजनिक गरेका हुन्। देवेन्द्रकै शब्द र संगीत रहेको गीतको भिडियोलाई आफ्नै आधिकरिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । उनले भिडियोलाई निकै कलात्मक शैलीबाट निर्माण गरेका छन्।
भिडियोमा गायक देवेन्द्रसँगै विशाल घिमिरेलाई पनि देख्न सकिन्छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् । देवेन्द्रले आफ्नो संगीत तथा स्वरमा ‘कसरी, एक्लै जान सक्छै र, म हाँसे हाँस्छै र’ जस्ता चर्चित गीत बजारमा आइसकेका छन् ।
भिडियो हेर्नुस्
प्रकाशित: ७ माघ २०७७ ०९:३६ बुधबार