१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आकाशको तारा र हजुरको सहारा उस्तैउस्तै

मुक्तक

 अल्पविराम पोखरेली

 

  १)

यहॉ नेताजीको भाषणको पनि महँगो बिमा हुन्छ  

कारण भाषण चर्को काम असीमित धिमा हुन्छ

मेरा मुक्तकहरू किन यति चर्को पिरो नभन्नू मित्र  

किनकि हरेक कुरा सहने पनि एउटा सीमा हुन्छ ।

 

 

     २)

मायालु मन साटासाट गर्ने चटारो हो मुक्तक  

शुरू गरे लगत्तै सक्नैपर्ने हतारो हो मुक्तक

लठारो पनि छ है जाने बोल नजाने जीउको मोल

भ्रष्टहरूलाई प्रहार गर्ने दह्रो झटारो हो मुक्तक ।

 

 

 

    ३)  

पहुॅच पुग्नेले राज्यको ढुकुटी उवाउनु उवाए  

चम्चे र आसेपासे सबैलाई खुवाउनु खुवाए

नेताहरू जो आए नि खन्चुवा र भोका रैछन् हजुर

असत्तीहरूले पालैपालो यो देश डुबाउनु डुबाए ।

 

  ४)

झुठको खेती गर्नेहरू नै भाषणमा तगडा हुॅदा रचन्

फटयाइँ र गुण्डागर्दी थलोमा जुवाको अखडा हुॅदा रचन्

देश र जनताका लागि राजनीति भए न मेलमिलाप

व्यक्ति स्वार्थको राजनीतिमा हरपल झगडा हुॅदा रचन् ।

 

    ५)

आकाशको तारा र हजुरको सहारा उस्तैउस्तै  

हात्तीको दाह्रा र हजुरको बङ्गारा उस्तैउस्तै  

भाषणमा त हजुरले आकाशको जून झार्नु भो नि मन्त्रीज्यू  

तर पानीको सट्टा हावा छोड्ने धारा र हजुरको पारा उस्तैउस्तै।

प्रकाशित: ६ कार्तिक २०७७ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App