१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

आत्महत्याको 'सोल्यूशन'

आत्महत्या दर दिनहुँ बढ्दो छ। युवापुस्ता विशेष गरी प्रेममा हुने असफलले आत्महत्याको बाटो रोज्ने गर्छन्। प्रेम बिछोडमा परेर आत्महत्या गर्ने गरेको घटना धेरै सुनिन थालेको छ। क्षणिक आवेशमा आएर सानै उमेरमा आत्महत्या गर्दा उनीहरुको परिवारमा ठूलो बज्रपात परेको उदाहरणहरु प्रशस्तै छन्।  

आत्महत्याको बढ्दो क्रमसँगै न्यूनिकरण तर्फ ध्यान दिनुपर्ने बेला छ। सचेत बन्नुपर्ने छ। आत्महत्या सम्बन्धी छोटो फिल्म ‘सोल्यूशन’ सार्वजनिक भएको छ। नेट टिभीको ‘ओटिटी प्लेटफर्म’मार्फत बिहीबार सार्वजनिक भएको हो। कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन्। फिल्ममा उनी आफैँले अभिनय समेत गरेका छन्।

करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड अनि त्यसपछि उनीहरुले लिने गम्भिर प्रकृतिको निर्णयले जीवनमा पारेको असरको विषयलाई उठाएको छ। ‘युवापुस्ताको मनोदशालाई फिल्म मार्फत भन्न र देखाउन खोजेका हुँ। अहिले सामान्य कुरामा पनि युवा पुस्ताले आफ्नो ज्यानैसम्म फाल्ने निर्णय लिईराखेका छन्। तर यो फिल्ममार्फत मैले सबै समस्याको समाधान हुन्छ। कुनै पनि निर्णय लिँदा हजार पटक सोँच बिचार गर्नुपर्छ भन्ने सन्देश दिनखोजेको हुँ।’ अभिनेता तथा निर्देशक नेपालीले भने।  

‘यस्ता घटनाहरु बढ्दै जानु भनेको समाजका लागि निकै घातक कुरा हो। त्यसैले यस विषयमा सोँच्न आवश्यक छ भन्ने ठानेर मैले सानो प्रयास गरेको हुँ।’ रोहनले भने–‘मैले भन्न खोजेको कुरालाई दर्शकहरुले पनि रुचाएका छन्।’

चाँडै नै फिल्मलाई अन्य डिजिटल प्लेटफर्ममा पनि राखिने उनले बताए। सार्वजनिक फिल्मलाई अमित नेपालीले खिचेका हुन्। फिल्ममा रोहनसँगै विवेक गुरुङ, कञ्चनभुजेल र तारा शर्माको अभिनय रहेको छ।

प्रकाशित: १५ आश्विन २०७७ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App