३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

पत्रकार अधिकारीको कविता संग्रह सार्वजनिक

पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरू’ सार्वजनिक भएको छ । शनिबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसद्धारा संग्रह सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए ।

‘धनकुटाकाले सुन्दरता र मर्मलाई जो कसैले बुझ्न सक्दैनन्,’ उनको भने, ‘यस कविता संग्रहले त्यहाँको रीतिरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ ।’ पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा. रत्नमणि नेपालले कविता संग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजगी गरेको बताए । कवि अधिकारीले साँस्कृतिक विविधता र भौगोलिक विविधतालाई महत्वपूर्ण स्थान दिएकोमा उजले खुसी व्यक्त गरे । 

उनले धनकुटामा मात्र बसोबास गर्ने आदिवासी आठपहरिया समुदाय र प्रशासनिक थलोको रुपमा रहेको गौंडालाई बिम्बको रुपमा कवितामा पस्किएको बताए । कार्यक्रममा साहित्यकार तथा प्रकाशक संस्था पुर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, साहित्यकार पवन आलोक, पत्रकार राजेश राईलगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको टिप्पणी गरे । 

‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखिको प्रशासनिक थलो धनकुटा प्रादेशिक संरचनामा मुलुक गएपछि राजधानी हुनबाट बञ्चित भएपछि आफूले पुनः स्मरण गराउन मात्रै चाहेको बताए । कार्यक्रममा उनले शीर्ष कविता वाचन गरेका थिए । कार्यक्रममा धनकुटामा बसोबास गर्ने आदिवासी आठपहरिया जातिका महिलाहरु मौलिक भेषभुषामा उपस्थिति थिए । 

आठपहरिया समुदायका महिलालाई स्थानीयले इष्टेनी र पुरुषलाई इष्ट भनेर सम्बोधन गर्दछन् । अधिकारीले चार वर्ष अगाडि ‘पहिलो स्पर्श’ नामक गीत संग्रह सार्वजनिक गरेका थिए ।

प्रकाशित: १९ श्रावण २०७७ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App