१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

मोदीलाई सुशान्तकी बहिनीको पत्र : डियर सर, मेरो दाइको मृत्युबारे तुरुन्त छानबिन गराइदिनुहोस्

दाइ सुशान्तका साथमा बहिनी श्वेता । तस्बिर : श्वेताको इन्स्टाग्रामबाट

बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी बहिनी श्वेता सिंह कृतिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो दाइको न्यायका लागि हारगुहार गरेकी छन् ।  

श्वेताले प्रधानमन्त्री मोदीलाई ट्याग गर्दै यसका लागि ट्विटमार्फत आग्रह गरेकी हुन् ।  

यो पनि पढ्नुहोस्

सुशान्त सिंह राजपुतले गरे आत्महत्या

श्वेताले #JusticeForSushant र #SatyamevaJayate ह्यासट्यागका साथ प्रधानमन्त्री मोदीलाई ट्याग गरिएको ट्विटमा भनिएको छ, ‘म सुशान्त सिंह राजपुतकी बहिनी हुँ र म हजुरको मेरो दाइसम्बन्धी घटनाप्रति तुरुन्त ध्यान दिन हुन अपिल गर्छु । मलाई भारतको न्याय व्यवस्थाप्रति विश्वास छ र कुनै पनि हालतमा न्याय प्राप्त हुनेमा आशावादी छु ।

यो पनि पढ्नुहोस्

‘कुन दबाबका कारण सुशान्त सिंहले आत्महत्या गरे ?’

उनले अगाडि लेखेकी छन्, ‘डियर सर, मेरो मनले भन्छ कि तपाईं सत्यलाई साथ दिनुहुन्छ । म एकदमै साधारण परिवारको मानिस हुँ । मेरा दाइ जतिबेला बलिउडनमा हुनुहुन्थ्यो, उहाँको कोही गडफादर थिएन र अहिले पनि छैन । म हजुरसँग अपिल गर्न चाहन्छु कि हजुरले यस मामिला (सुशान्तको आत्महत्या) मा तुरुन्त ध्यान दिनुहुनेछ । हजुरले यो घटनाको सत्यतथ्य बाहिर आउने गरी निष्पक्ष छानबिनको सुनिश्चित गर्नुहुनेछ भन्ने लागेको छ । मलाई सत्यको जित हुनेमा विश्वास छ ।’ 

प्रकाशित: १७ श्रावण २०७७ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App