भक्तपुर सहरको पश्चिमस्थित च्वङापा (सल्लाघारी)मा रानीपोखरी छ। यस पोखरी ने.सं. ७५० (वि.सं.१६८७) मा तत्कालीन भक्तपुर राज्यका राजा जगज्योतिर्मल्लले बनाउन लगाएका हुन्। तत्कालीन समयको नया“ पोखरी भएकाले नेवार लोकजीवनमा यो ‘न्हुपुखू’ (नया“ पोखरी) नामले प्रख्यात रही आयो। सिंहफले (सिंहसत्तल वा परवर्तीकालमा ‘≈वाङ≈वाङपाटी’ नामले प्रसिद्ध) को शिलालेखमा यो पोखरीलाई ‘पुष्करिणी’ (कमल हुने पोखरी) भनिएको छ। भक्तपुरका जनता मिलेर पा“च महिनामै (पौषकृष्ण एकादशीको दिनदेखि आरम्भ गरी वैशाख कृष्ण द्वादशी, वृहस्पतिबारको दिनमा सम्पन्न) यो पोखरी निर्माण गरेका थिए। यस पोखरीको मध्यभागमा रहेको काष्ठ स्तम्भमा वासुकी नागको सुनको मूर्ति थियो। पोखरीमा जानका लागि दक्षिणमा राजकीय एवं सांस्कृतिक महत्वको उही सिंहफले (सिहंसत्तल) बनेको थियो। सोही सिंहसत्तलको उत्तरमा वा पोखरीको दक्षिणघाटमा अनेक कलाकृति लगायत चतुर्मुख शिवलिंग (जागेश्वर महादेव) स्थापित सानो ढुंगेमन्दिर पनि थियो। ने.सं. ७८३ (वि.सं.१७२०) मा कान्तिपुरका राजा प्रताप मल्लले ललितपुरका राजा श्रीनिवास मल्लसित मिलेर भक्तपुरमा आक्रमण गर्दा सहरबाहिरका भाज्यापुखू लगायत यो पोखरी पनि बिगारी यहा“का कलाकृति उठाएर लगेका थिए। त्यसको ४८ वर्षपछि ने.सं. ७९८ (वि.सं.१७३४) मा उनका पनाति, राजा जितामित्र मल्लले यो पोखरी जीर्णोद्धार गर्न लगाए। त्यस उत्सवमा जितामित्रको निमन्त्रणालाई मानेर कान्तिपुरका राजा नृपेन्द्र मल्ल (प्रताप मल्लका पुत्र) र ललितपुरका राजा श्रीनिवास मल्ल पनि उपस्थित भएका थिए। मल्लकालको पतनपछि यस पोखरीको राजकीय महत्व रहेन, सांस्कृतिक महत्व भने कुनै न कुनै रूपमा आजसम्म रहिआएको छ। मल्लकालपछि यस पोखरीले मर्मत–सम्भार हुने अवसर पाएन, उपेक्षित नै र-यो। २०४० सालमा नेपाली सेनाको स्वामित्वमा गएपछि यस पोखरी परिसरमा तारबार लगाइयो र भक्तपुरको सांस्कृतिक जीवनसित यसको स्थापनाकालदेखिको अटूट सम्बन्ध टुट्न पुग्यो। मल्लकालपछि भग्न हु“दै गएको सिंहसत्तल पनि २०५६/५७ को ठूलो वर्षाले गल्र्याम्मै ढलेर पाताल हुन पुग्यो। २०७६ सालमा भक्तपुर नगरपालिका र नेपाली सेनाबीचको ऐतिहासिक सहमतिपछि भने पोखरीले पुनर्जीवन पाउने अवसर पाएको छ। भक्तपुर नगरपालिकाले नगरका अन्य सम्पदा लगायत यस पोखरीको जीर्णोद्धार/पुनर्निर्माणको काम २०७६ सालदेखि आरम्भ गरिसकेको छ। पोखरीको घा“स, झारपात उखेलेर सरसफाइ अभियान आरम्भ गर्दा यहाँ गर्भस्थ हुन लागेका अनेक कलाकृति छरप्रस्टै देखिन थालेका छन्। त्यसमध्येको एक लोपोन्मुख कला हो, चतुर्मुख शिवलिंग ‘जागेश्वर महादेव’। प्रस्तुत चित्र त्यही बेला खिचिएको हो। यस चित्रले शिवलिंग र यहा“का अन्य कलाकृति कति लथालिंग एवं लोपोन्मुख अवस्थामा पुगेको रहेछ भन्ने चित्रण गरेको छ।
ने.सं. ७८३ मा कान्तिपुरका राजा प्रताप मल्लले ललितपुरका राजा श्रीनिवास मल्लसित मिलेर भक्तपुरमा आक्रमण गर्दा सहरबाहिरका भाज्यापुखू लगायत यो पोखरी पनि बिगारी यहाँका कलाकृति उठाएर लगेका थिए। त्यसको ४८ वर्षपछि वि.सं. १७३४ मा उनका पनाति, राजा जितामित्र मल्लले यो पोखरी जीर्णोद्धार गर्न लगाए। मल्लकालको पतनपछि यस पोखरीको राजकीय महत्व रहेन, सांस्कृतिक महत्व भने कुनै न कुनै रूपमा आजसम्म रहिआएको छ।
पुरातत्वका दृष्टिले लिंगपूजन परम्परा पाँच हजार वर्षदेखि अनवरत रूपमा चलिआएको छ। शिव नै एक यस्ता देवता हुन्, जसको शरीरका दुई भाग अलग–अलग पुजिएको पाइन्छ। त्यसमध्ये प्रतिमा पूजनका तुलनामा लिंगपूजन नै रूढ छ। प्रतिमापूजन र लिंगपूजनको समावेशी रूप मूर्तियुक्त लिंगमा दर्शनीय हुन्छ। मूर्तियुक्त लिंगका पनि दुई रूप देखापर्छन्– विग्रहलिंग र मुखलिंग, (डा. नीलकण्ठ पुरुषोत्तम जोशी–१९७७, प्राचीन भारतीय मूर्ति विज्ञान, विहार राष्ट्रभाषा परिषद्, पटना, पृष्ठ ५१)। अनेक कालखण्डमा मुखलिंग पनि एक मुख, दुई मुख र चतुर्मुखको रूपमा चलेको पाइन्छ। शीर्षमा चारैतिर शिवका चार मुख कुँदेर बनाइएको यो चतुर्मुख शिवलिंग एउटा सुन्दर नमुना हो। यन्त्रासनमा स्थित यो जलहरियुक्त चतुर्मुख शिवलिंग पनि हो। शिवलिंगको मुखस्थिति (नाम, दिशा, आम्नाय र प्रतीक) यस प्रकार रहेको विदित हुन्छ:
१) सद्योजात/महादेव– पूर्व, पूर्वाम्नाय, पृथ्वीतत्व।
२) तत्पुरुष/नन्दीवक्त्र– पश्चिम, पश्चिमाम्नाय, वायुतत्व।
३) अघोर/भैरव– दक्षिण, दक्षिणाम्नाय, अग्नितत्व।
४) वामदेव/उमावक्त्र– उत्तर, उत्तराम्नाय, जलतत्व।
भौतिक रूपका यी चार मुखलिंगका अतिरिक्त शिवका अन्य दुई अभौतिक मुख पनि छन्, जसमध्ये शिवलिंगको शीर्ष भागलाई ईशान वा सदाशिव (उध्र्वाम्नाय) भनिन्छ, जसलाई आकाशतत्वको प्रतीक मानिन्छ। त्यसैगरी शिवलिंगको तलको भागलाई (अधराम्नाय) पाताल तत्वको प्रतीक मानिन्छ।
यस अध्ययनअघि यस चतुर्मुख शिवलिंगको नामसित भक्तपुरको सांस्कृतिक जीवन परिचित रहेको देखिएन। ऐतिहासिक सामग्री ‘भाषा वंशावली भाग–२’ मा उल्लिखित विवरणबाट यस महादेवको नाम ‘जागेश्वर’ रहेछ भन्ने नूतन कुराको साथै अन्य महत्वपूर्ण कुरा समेत एकसाथ ज्ञात हुन आएको छ, जुन यस प्रकार छ,
‘...कान्तिपुर ललितपत्तनका राजा दुई मिली भक्तपुरमाथि चढाइ गरी ...त्यहा“पछि संवत् ७८३ वैशाख मैन्हामाथि पोजोलमाथि जगज्योतिर्मल्लले बनायाको पोखरीको छेउ स्थापना गरी राख्याको जागेश्वर महादेव सुनका छाना भयाका देवता उठाई आफ्ना शहर कान्तिपुरमा लग्या। फेरि यसै पोखरीबीच राख्याको सुनका नाग पनि उठाई लगी कान्तिपुरका भण्डारखालका पोखरीमा सुनका बसाहामाथि जागेश्वर राखी नागफनि समेत राखिदिया।’
उक्त विवरणलाई आधार मानेर यी जागेश्वर महादेवलाई हेर्दा हनुमानढोका राजदरबारको भण्डार खालको नागपोखरी र नजिकैको सानो महादेव मन्दिरमा स्थापित ती जागेश्वर महादेवको स्मरण हुन आएको छ, जसलाई तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले ललितपुरसित मिलेर ने.सं. ७८३ मा भक्तपुर आक्रमण गर्दा यो पोखरी समेत बिगारी यहा“का सुन्दर कलाकृति लगायत यी जागेश्वर महादेव पनि उठाएर त्यहा“ सजाउन लगेका थिए। प्रताप मल्लले पोखरी भताभुंंग पारेर यहा“का सुन्दर कलाकृति उठाएर हनुमानढोका राजदरबार सजाउन लगेको उल्लेख तात्कालिक अन्य ऐतिहासिक सामग्रीको अध्ययनबाट पनि विदित हुन्छ। विचारणीय के छ भने, स्थान विशेषका महत्वपूर्ण कलाकृति उठाएर लगी हनुमानढोका राजदरबार सजाउने सोख राख्ने प्रताप मल्लको निधन भएको १४ वर्ष पछिसम्म नेपाल मण्डल (काठमाडौं उपत्यका) का तीनवटै राज्यबीच राजनीतिक सम्बन्ध सुमधुर भएको अवस्था थियो। त्यही समयमा यस पोखरीको जीर्णोद्धार भएको थियो। त्यस क्रममा प्रताप मल्लले उठाएर लगेको जागेश्वर महादेवकोे पुरानो शिवलिंगको स्थानमा जितामित्र मल्लले यो नयाँ शिवलिंग बनाउन लगाई पुनः प्रतिष्ठा गरेको दृष्टिगोचर हुन्छ। समयको उर्दी र नियतिको खेल हो। नेपाली सेनाको सहमति एवं भक्तपुर नगरपालिकाको सत्कर्म प्रयासमा कैयन् कालदेखि सुतेका यी जागेश्वर महादेव फेरि जाग्ने ऐतिहासिक दिन आएको छ। यो हामी सबैका लागि खुसीको कुरा हो। जागेश्वर महादेवले सबैको कल्याण गरुन्।
प्रकाशित: १० श्रावण २०७७ ०५:०७ शनिबार