१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

साहित्यकार रिजाललाई गर्गश्री सम्मान

साहित्यकार रिजाललाई सम्मान गर्दै विराटनगर महानगरपालिकाकी कार्यबहाक प्रमुख इन्दिरा कार्कीलगायत । तस्बिर : नागरिक

गर्गाचार्य सामुदायिक विश्व भाषा पुस्तकालय विराटनगरले साहित्यकार रमाप्रसाद रिजाललाई गर्गश्री सम्मानबाट सम्मानित गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्तीको अवसरमा पुस्तकालयले सात दशकभन्दा लामो समयदेखि नेपाली साहित्य, राजनीति र समाजसेवामा सक्रिय रिजाललाई गर्गश्री सम्मानबाट सम्मानित गरेको हो ।

रिजाललाई विराटनगर महानगरपालिकाकी कार्यबहाक प्रमुख इन्दिरा कार्की, पुस्तकालयका संरक्षक टीकाप्रसाद लामिछानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । रिजालका तीनवटा कविता संग्रह प्रकाशित छन् । २००७ सालको राणा विरोधी आन्दोलनका साथै २०४६ सालको जनआन्दोलनमा समेत रिजालले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्राज्ञ विवश पोखरेलले बताए । व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै पोखरेलले रिजालले जीवनभर निष्ठा र त्यागको राजनीति गरेको उल्लेख गरे ।  

कार्यक्रममा कवि उमानाथ घिमिरेको ‘सरिता महाकाव्य’विमोचन गरिएको थियो । विमोचित महाकाव्यका बारेमा कवि हरिप्रसाद बराल र हरि कट्टेलले समीक्षा गरेका थिए । पुस्तकालयले आदिकवि भानुभक्त आचार्य, मोतीराम भट्ट, महाकविल क्ष्मीप्रसाद देवकोटालगायतका साहित्यकारहरुको जन्मजन्यतीका अवसरमा विशेष कार्यक्रम गर्दै आएको पुस्तकालयका महासचिव मीनकुमार नवोदितले जानकारी दिए ।

प्रकाशित: ३ श्रावण २०७७ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App