२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘जित्छौ हामी’ भन्दै नेता, कलाकारदेखि खेलाडीसम्म

बिनोद बानियाको स्वर र संगीतमा राष्ट्रभक्ती गीत ‘जित्छौँ हामी’ काे भिडियो सार्वजनिक भएको छ । गीतमा सन्जोक बश्यालको शव्द र श्यामसुङ तामाङको संगीत संयोजन रहेको छ । 

गीतमार्फत सम्पूर्ण नेपाली एकजुट हुनुपर्छ साथै जस्तोसुकै परिस्थिति आए पनि हाम्रो स्वाभिमान डगमगाउनु हुँदैन् भन्न खोजिएको छ । गीतको भिडियोलाई संजोक बश्याल र बिजय बश्यालले संयुक्तरुपमा निर्देशन गरेका छन् ।

भिडियोमा नेताहरु बाबुराम भट्टराई, कोमल ओली, पृथ्वीसुब्बा गुरुङ, खेलाडीहरु अनिल गुरुङ, सिपोरा गुरुङ, साबित्री भण्डारी, कलाकारहरु अनुप बराल, दिया मास्के, राजबल्लभ कोइराला, माओत्से गुरुङ, प्रकाश घिमिरे, निराजन प्रधान, मिलन शंकर, शाहिल खान, कवि तिर्थ श्रेष्ठ, साहित्यकार सरस्वती प्रतिक्षा लगायतका व्यक्तिहरुलाई प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियोलाई सबिन गायक, बिनोद पोखरेल, कमल पर्साइ र विवेक बस्यालको छायाँकन गरेका छन् । भिडियोमा डिओपी मिलन शंकरको, ड्रोनमा सुरज श्रेष्ठ र कमल प्रसाई तथा सम्पादन साहिल खान र विज्ञान राईको रहेको छ ।

प्रकाशित: १० जेष्ठ २०७७ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App