जनक खड्का विरक्त
युगवाहक युगकवि, साहित्यका सार सिद्धिचरण ।
कविन्द्र हौ सरस्वतीका, सुन्दर उपहार सिद्धिचरण ।।
साहित्यिक नभ–नक्षत्र, उर्वशी हौ मंगलमान श्री ।
मातृभूमि प्रवद्र्धनका, पहिलो आधार सिद्धिचरण ।।
क्रान्ति थन दैमखु शान्ति क्रान्तिबिना शान्ति हुन्न ।
नव नेपाल निर्माणका, साहित्यिक बहार सिद्धिचरण ।।
आज नखाउँ हडताल मच्चाऔँ, भन्दै लेख्दै जेल भोग्ने ।
आम मानसमा अमर अजर, सदावहार सिद्धिचरण ।।
धेरै बने कवि लेखक, इतिहास नि धेरै बने ।
एक एकान एक अरू, दुई दुना चार सिद्धिचरण ।।
प्रकाशित: ९ जेष्ठ २०७७ ०६:४१ शुक्रबार