१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

फोनको लत हानीकारक

अञ्जली कुँवर, कक्षाः ९,  
केएमसी स्कूल, बुद्धनगर, काठमाडौं

सूचनाप्रविधिको विकासले मान्छेको जीवन धेरै सजिलो बनाएको छ । हामी घरमै बसेर आजको विश्वमा भएका गतिविधि तथा समाचार हेर्न, पढ्न र सुन्न सक्ने भएका छौं । मन लागेका बेला आफन्तसँग कुरा गर्न सक्छौं । मोबाइलबाटै भिडियो कल गर्न सक्छौं ।  

अब टिभीको कुरा गरौं, टिभीको आबिष्कार २१ वर्षे फिलो टेलर र्फानस्वर्थले गरेका थिए । नेपालमा पहिलो पल्ट सन् २०४२ मा नेपाल टेलिभिजन आएको थियो । अचेल धेरै टिभी च्यानल खुलेका छन् । तिनमा थरिथरिका कार्यक्रम आउँछन् । टिभीको प्रविधिमा पनि धेरै विकास भैसकेको छ ।  

मोबाइल फोन भने अलि पछि बैज्ञानिकले आबिष्कार गरेका हुन् । समयसँगै विभिन्न बिशेषता थपिँदै जाँदा आज हामीले स्मार्ट टिभी र स्क्रिन टच फोन चलाउन पाएका छौं ।  

टिभी र मोबाइल फोन सूचना, शिक्षा र मनोरञ्जनका माध्यम बनेका छन् । यी ग्याजेटबाट धेरै ज्ञान पाउन सकिन्छ । मान्छेहरू टिभी र मोबाइल फोनबाटै किसिम किसिमका सिप पनि सिक्छन् ।  

मोबाइलबाट जतिबेला मन लाग्यो उतिबेला रमाइला पलहरू खिचेर राख्न मिल्छ । सामाजिक सञ्जाल मार्फत सार्बजनिक गर्न सकिन्छ । त्यस्तै टिभीबाट पनि लाइभ कार्यक्रम हेर्न पाइन्छ । त्यस्तो बेला आफु कार्यक्रमस्थलमै भएको अनुभव गर्न सकिन्छ ।  

एउटै मोबाइल फोनलाई धेरै किसिमले उपयोग गर्न सकिन्छ । कुराकानी गर्न, सन्देश पठाउन, फोटो खिच्न, कुराकानी रेकर्ड गर्न, अँध्यारोमा बत्ति बाल्न आदि काम । अर्को महत्वपूर्ण काम अचेल मोबाइल फोन नै हाम्रो समय हेर्ने घडी बनेको छ ।  

नेपालीमा एउटा उखान छ–अति भएपछि खति हुन्छ । यी सामानका केही बेफाइदा पनि छन् । फोनबाट ब्लु लाइट आउ“छ त्यसले आ“खा बिर्गाछ । हिजोआज धेरै बालबालिका र युवा फोनको लतमा फसेका छन् । फोनको लत कोकिनको लत भन्दा पनि हानीकारक हुन्छ । यसबाट ब्रेन क्यान्सर, मानसिक तनाव र आँखा सम्बन्धी रोग लाग्न सक्छ । टिभी धेरै हे-यो भने टाउको दुख्छ, आँखालाई असर गर्छ । टिभी र फोनमा मात्र झुम्मिँदा हामी एकलकाँटे बन्छौं । यसबाट मानसिक तनाव पनि हुन्छ ।  

हामी सामाजिक प्राणी हौं । हामी समाजमा घुलमिल हुनुपर्छ । मोबाइल फोनमा घोप्टिराख्ने र टिभीमा आँखा टाँसिराख्ने बानी हानीकारक छ । यसलाई हामीले त्याग्नु पर्छ । अझ स–साना बालबालिकालाई मोबाइल फोन त दिनैँ हुन्न । दुःखको कुरा हाम्रो समाजमा बालबालिकालाई फकाउन मोबाइलमा विभिन्न खेल देखाउने गरिन्छ । कतिसम्म भने कतिपयलाई खाना खाँदा समेत टिभी वा मोबाइलमा गेम नहेरी नहुने भएको छ ।  

हामीले प्रविधिको सही रुपमा उपयोग गर्नु पर्छ । फुर्सद भयो कि टिभी वा मोबाइलमा मात्रै केन्द्रीत नबनौं । घरपरिवार, आफन्त, साथीसँगी र शुभेच्छुकलाई पनि समय दिऔं । जीवनलाई रचनात्मक काममा लगाऔं ।  

अन्त्यमा, हामी लकडाउनमा छौं । आफ्नो स्वास्थ्यको ख्याल गरौं । घरभित्रै बसौं,  कोरोना भाइरसबाट बचौं ।

प्रकाशित: १ जेष्ठ २०७७ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App