१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

स्विंग डान्सको क्रेज बढ्दो

काठमाडौं - जाडोको छुट्टीमा फुर्सदमा रहेका स्कुले विद्यार्थीहरू बौद्धस्थित एक घरको छतमा गोलाकार बनाएर रमाइलो शैलीको हाउभाउमा डान्स गरिरहेका छन्। उनीहरूलाई प्रशिक्षक तेन्जिङ दावा शेर्पा एकपछि अर्को ‘स्विंग’ डान्सको स्टेप सिकाउन व्यस्त देखिन्छन्। विद्यार्थीहरूको उनीहरूलाई प्रोत्साहन गर्दै भनिरहेका छन्,‘फेरि एकपटक डान्स गरौं है।’

ज्याज संगीतको धुनमा रमाइलो शैलीमा नाचिने स्विंग डान्सको क्रेज राजधानी वरपरका डान्स सेन्टर र स्कुलहरूमा बढ्दै गएको छ। युगल, डिस्को र हिप–हपलगायत विधाका डान्स समेत समावेश हुने स्विंग डान्सप्रति राजधानी वरपरका युवा पुस्ताहरूको रुचि ह्वात्तै बढीरहेको छ। समूह र युगल जोडी बनाएर ज्याज संगीतमा नाचिने यस डान्सले सामाजिकीरणमा जोड दिने गर्दछ। ‘स्कुलमा सांस्कृतिक कार्यक्रम आयोजना हुँदा नेपाली गीतमा नाचिन्थ्यो। स्विंग डान्समा बज्ने संगीत नाच्न प्रोत्साहित गर्ने खाल हुँदा नयाँ स्टेपहरू सिक्ने अवसर पाएझैं महसुस भएको छ,’ सहभागी विद्यार्थी अनु मगरले भनिन्।

सन् १९२८ मा अमेरिकाको श्वेत समुदायले ज्याज संगीतमार्फत स्विंग डान्सलाई विकासित गरेका थिए। पछिल्लो केही वर्षमा यो डान्स राजधानी वरपरको क्ल्ब र डिस्कोमा चर्चित बन्दै गएको छ। सबै उमेर समूहले मानिसले ज्याज संगीतको धुनमा नाच्न मिल्ने यस डान्ससम्बन्धी कोर्स र प्रशिक्षण सञ्चालन भइरहेका छन्।

सन् १९२८ मा अमेरिकाको श्वेत समुदायले ज्याज संगीतमार्फत स्विंग डान्सलाई विकासित गरेका थिए। पछिल्ला केही वर्षमा स्विंग डान्स राजधानी वरपरको क्ल्ब र डिस्कोमा चर्चित बन्दै गएको छ। सबै उमेर समूहले मानिसले ज्याज संगीतको धुनमा नाच्न मिल्ने यस डान्ससम्बन्धी कोर्स र प्रशिक्षण सञ्चालन भइरहेका छन्।

स्विंग डान्समार्फत सामाजिक भावनाको बिस्तार गराउन बौद्ध, बागबजार, झम्सिखेल, बालुवाटार र लाजिम्पाट लगायत क्षेत्रमा विभिन्न प्रशिक्षण शिविरहरू सञ्चालन हुने गरेको छ। स्विंग एकेडेमी काठमाडौंका प्रशिक्षक तेन्जिङ दावा शेर्पाका अनुसार युवा पुस्ताहरू यस डान्ससम्बन्धी प्रशिक्षण लिर्न उत्साहित छन्। ‘सामाजिक सञ्जालमा व्यस्त रहने युवा पुस्ताहरूलाई समाजमा घुलमिल गराउन स्विंग डान्ससम्बन्धी प्रशिक्षणको आयोजना गरिरहेका छौं।

सबै उमेर समूहका मानिसहरूले नाच्न सिक्ने यो डान्स राजधानीबाहिर बिस्तार गराउन लागिपरेका छौं,’ उनले भने। अन्तर्राष्ट्रियस्तरमा चर्चित स्विंग डान्स उनीसहित विदेशी प्रशिक्षकहरूले सिकाइरहेका छन्। यसको क्रेज बढ्दै गएको अवस्थामा उनी पहिलो पटक नेपालमा आयोजना हुन लागेको स्विंग डान्स महोत्सवको तयारीमा जुटेका छन्। ‘स्विंग डान्सको क्रेज बढीरहेको हुँदा आगामी नोभेम्बर महिलामा अन्तर्राष्ट्रिय डान्सरहरूको सहभागितासहितको महोत्व गर्ने तयारी गरिरहेका छौं,’ उनले भने। उनका अनुसार यो डान्स कुनै संस्कृति विशेष छैन।

सामाजिक सद्भाव तथा सम्बन्ध बिस्तारको भावनासँग जोडिएर नाचिने यस डान्समा ज्याजबाहेकका संगीतमा समेत नाच्न सकिन्छ। हिप–हप, ब्लुज्स, रक एन्ड रोल, आर एन्ड बि, फंक र पप संगीतको धुनअनुसार स्विंग डान्स गरिन्छ।

‘सामाजिक सद्भावको भावनामा नाचिने रमाइलो शैलीको यो डान्सले नाच्न र सामाजिकरणमा जोड दिएको पाएँ,’ स्विंग डान्स शिविरमा प्रशिक्षण लिइरहेकी सिम्रन आचार्यले भनिन्।

प्रकाशित: ९ माघ २०७६ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App