१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आयंका फाउण्डेसन स्थापना

काठमाडौं– नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेसन’ स्थापना गरेका छन्। सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी फाउन्डेसनको औपचारिक घोषणा गरियो। सामाजिक सेवाको उद्देश्यसहित फाउन्डेसनको खोलिएको नायिका कार्कीले बताइन। फाउन्डेशनको प्रमुख सल्लाहाकारमा सरोज ओली छन्।

फाउन्डेसनले किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालबिबाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रबन्ध गर्ने लगायतका सामाजिक कार्य गर्ने नायिका कार्कीले बताइन। उनका अनुसार सडकमा भेटिएका घर पालुवा जनावरलाई व्यवस्थित गर्नका लागि विभिन्न निकायसँग सहकार्य गर्ने कार्ययोजना छ।

आगामी असारमा वैवाहिक बन्धनमा बाधिन लागेका प्रियंका र आयुष्मानले कमाइको १० प्रतिशत फाउन्डेसनमा खर्च गर्नेछन्। 

प्रकाशित: ७ माघ २०७५ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App