१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘प्रसाद’को ‘वनकी चरी’

काठमाडौं – फिल्म ‘प्रसाद’को मोसन पिक्चर गीत ‘लै लै’ले चर्चा पाइरहँदा नयाँ गीत ‘वनकी चरी’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रमकाबीच फिल्मको गीत सार्वजनिक गरिएको हो।

गीतमा फिल्मका प्रमुख दुई कलाकार निश्चल बस्नेत र विपिन कार्कीले अभिनय गरेका छन् । गीतमा विपिन दोहोरी गायक बन्दा निश्चलले गीतमा नाचेका छन् ।  गीतमा रुपक डोटेल र अन्जु पन्तको स्वर, सुभाष भुषालको शब्द र बि पाण्डेको संगीत छ।

कार्यक्रममा फिल्मका निर्देशक दिनेश राउतले आफ्नो कथालाई फिल्ममा ल्याइएको भन्ने हल्ला निराधार रहेको बताउँदै फिल्मको कथासँग आफ्नो कथा नमिल्ने दाबी गरे । ‘फिल्मको कथा मेरो जीवनसँग मेल खान्छ भन्ने हल्ला रहेछ । तर मेरो जीवनसँग फिल्मको कथा मिल्दैन,’ उनले भने । मंसिर २१ गतेबाट फिल्ममा नम्रता श्रेष्ठको पनि अभिनय छ।

निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा मनमुटावलाई फिल्ममा देखाइएको छ । सुवास थापाको निर्माण रहेको फिल्ममा सुवाष र कोशिष क्षेत्रीको संगीत, हिमाल केसीको द्वन्द्व, सुशील पौडेलको पटकथा, लोकेश बज्राचार्यको सम्पादन र राजेश श्रेष्ठको छायांकन छ।

प्रकाशित: २९ आश्विन २०७५ २३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App