१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’को गीत

काठमाडौं – आगामी भदौ १ गते रिलिज हुने दुई फिल्म ‘ब्ल्याक’ र ‘मिस्टर भर्जिन’को गीत एकैदिन शुक्रबार सार्वजनिक भएको छ। दुवै फिल्मका गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो।

फिल्म ‘ब्ल्याक’को प्रेमिल भावको ‘तिम्रो लागि’ बोलको गीतमा आकाश श्रेष्ठ र आँचल शर्माले फिचरिङ छन्। सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा महेश खड्काको संगीत र डा. कृष्णहरि बरालको शब्द छ। गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।

आश्मा पाण्डेको निर्माणमा प्रदीप श्रेष्ठको निर्देशन रहेको फिल्ममा आकाश र आँचलसँगै आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको पनि अभिनय छ। फिल्ममा अर्जुन जिसीको सम्पादन, मौनता श्रेष्ठको पटकथा तथा संवाद र रामशरण उप्रेतीको छायांकन छ । फिल्ममा चेतनकुमार पाण्डे कार्यकारी निर्माता छन्।

त्यस्तै फिल्म ‘मिस्टर भर्जिन’को आइटम फ्लेबरको गीत ‘पैसा फेक तमाशा देख’ मा नायिका छुल्ठिम गुरुङको आइटम नृत्य छ। गीतमा छुल्ठिमसँगै गौरव पहारी, कमलमणि नेपाल र विजय बरालले नाँचेका छन्। गीतमा शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आरजे) को स्वर, राजेन्द्रकै संगीत तथा टुरिस्ट जङ बिकेको शब्द छ । गीतमा दिपक याम सिंहको कोरियोग्राफी छ।

विशारद बस्नेतको निर्देशन रहेको फिल्ममा गौरव, विजय, कमलमणि, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रवीन्द्र झा, सिर्जना सुब्बालगायतको अभिनय छ। फिल्ममा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारद बस्नेत, महेश दवाडीको कथा र पटकथा तथा महेश दवाडीको संवाद छ।

फिल्ममा रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आरजेको संगीत छ।

वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको ब्यानरमा निर्मित फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेत निर्माता तथा सन्दिप उप्रेती सहनिर्माता छन्।

प्रकाशित: ६ श्रावण २०७५ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App