१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘बायोपिक यथार्थ हुनुपर्छ’

असार – अभिनेत्री चित्रांगदा सिंहले व्यक्तिको जीवनीमा बन्ने फिल्म धेरै नाटकीय बनाउन नहुने धारणा राखेकी छिन्। ‘सुरमा’बाट निर्माता बनेकी सिंहले बलिउडमा बायोपिक बन्ने क्रम तीव्र भइरहँदा, बायोपिकमा मान्छेको जीवनी तोडमरोड गर्न नहुने बताएकी हुन्। ‘सुरमा’ हक्की खेलाडी सन्दिप सिंहको जीवनीमा आधारित फिल्म हो। दुर्घटनामा झण्डै ज्यान गुमाएका सिंहले कठोर मेहनतपश्चात् भारतको राष्ट्रिय टोलीमा पुनरागमन गराउन सफल भएका थिए।

‘योे धेरै शक्तिशाली कथा थियो र योे बायोपिक भएको हुनाले यो जस्तो हो त्यसैगरी भनिन जरुरी थियो। कहिलेकाहीं हामी नाटकीय बनाउँछौ तर मैले सन्दिपलाई वाचा गरेकी थिएँ, कथा जस्तो हो त्यस्तै फिल्म बनाउँछौं। हामीले फिल्मका लागि भनेर केही पनि थपेका छैनौं ,’ सिंहले भनेकी छिन्। उनले फिल्म ९० प्रतिशत सही रहेको र १० प्रतिशत चैं यताउति गरिएको बताएकी छिन् । सिंहले सम्बन्धित व्यक्तिले अनुमति नदिएको कारण यसो गर्नु परेको बताएकी छिन्।

चित्रांगदाले साथीको माध्यमबाट पहिलो पल्ट सन्दिपको कथा सुनेकोे र कथा सुनेर छक्क परेको बताएकी छिन्।

‘मलाई उनको बारेमा थाहा पनि रहेनछ । जब पूरा कथा सुने, त्यो फिल्मभन्दा ज्यादा नाटकीय थियो। म थुप्रै खेलाडीलाई चिन्छु र एकचोटि दौडबाट बाहिरिएपछि खेलमा फर्कन कठिन हुन्छ,’ उनले भनेकी छिन्,‘ तर सन्दिपले त्यो चमत्कार गरेका थिए । यहीबाट मलाई उनको कथामा फिल्म बनाउन मन लागेको हो।’ शुक्रबारबाट रिलिज भएको फिल्ममा उनले सन्दिपको खेलमा फर्कन गरेको प्रयास, आत्मसम्मानको कुरालाई महत्व दिएको बताएकी छिन्।

‘दुर्घटनापछि सन्दिपसँग पैसा पनि थिएन र सहयोग गर्ने साथी पनि थिएनन्। यो बेला तपाईंसँग एउटा मात्र उपाय हुन्छ, आफैंले आफैंलाई विश्वास गर्ने। फिल्मले सन्दिपको त्यही यात्रालाई विषय बनाएको छ,’ उनले पिटीआईसँगको कुराकानीमा भनेकी छिन्। शाद अलीले निर्देशन गरेको फिल्ममा दलजित दोसाँधले सन्दिपको भूमिका निर्वाह गरेका छन्।

प्रकाशित: ३१ असार २०७५ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App