१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ओलीद्धारा ओशो कम्युन उदघाटन

काठमाडौं–बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीको महेलवारमा अवस्थित ओशो जेतवन अन्तर्राष्ट्रिय कम्युनको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । मुख्य भवनको भित्तामा उद्घाटनको भावशब्द कोरिएको मार्वल पाटीलाई अनावरण गरी प्रधानमन्त्री ओलीले आश्रमको उद्घाटन गरेका थिए।

ओशो संन्यासी तथा सर्वसाधारणहरुको स्वागत् तथा अभिवादन ग्रहण गर्दै आश्रम पुगेका प्रधानमन्त्रीलाई ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले फूलको माला र खादा ओढाएर आश्रममा स्वागत गरेको थिए । हरियाली र विभिन्न बोटविरुवाको संयोजनले सुन्दर देखिएको १० विगाहा जमिनमा फैलिएको सो आश्रमको प्रांगणमा कलमी आँपको बिरुवा रोपी प्रधानमन्त्री ओलीले पानी हालेका थिए।

कार्यत्रममा उद्योगपति डा. उपेन्द्र महतोले स्वागत मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ओशो जेतवनमा स्वागत गर्न पाउ“दा हर्ष लागेको बताए । डा. महतोले ओशोको दर्शनले सोचमा नया“ दिशा र जीवनमा स्पष्टता दिने बताउ“दै अगाडि भने, ‘नेपालीहरू विदेशमा गई विद्या आर्जन गरेर आइरहेको वर्तमान परिप्रेक्षमा आश्रमका आचार्य स्वामी आनन्द अरुणले भने विभिन्न देशबाट नेपाल आउने विदेशीहरूलाई ध्यान विद्या तथा शान्तिको शिक्षा दिई राष्ट्रको साखलाई माथि उठाउनु भएको छ।’

सो कार्यत्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले ओशोको दर्शनले मानिसहरूलाई अझ चेतनशील हुन सघाएको र आफूले ओशो साहित्यबाट धेरै कुरा सिकेको बताए।
सो कार्यत्रममा प्रधानमन्त्री ओलीले मन्तव्य व्यक्त गर्दै ठट्यौली पारामा भने ‘यस्तो ध्यान गर्ने स्थलमा आउन पाउँदा खुसी लागेको छ । तपाईंहरूले मलाई एकदमै ठूलो सम्मान पनि गर्नुभएको छ । एक पैसा खर्च पनि नगरी र एक थोपा पसिना पनि नबगाई बनाइसकेको भवन उद्घाटन गरेको श्रेय मिलेको छ ।

यो मैले सम्मानको रुपमा बुझेको छु ।’ आफू  यो आश्रममा नडराई आएको रहस्य खोल्दै उनले भने, ‘साधारणतः म कहा“ मन्त्री पद माग्न आउने, सांसद पद माग्न आउने, म्यानेजिंग डाइरेक्टर खोज्न आउने, अझ मिल्यो भने ठेक्कापट्टा माग्न आउने गर्छन । तर यहा“ सर्वजन हिताय्को भावले बोलाइएको तपाईंको यो आश्रममा आज म नडराइ आएको छु ।’ उनले आफू १४ जेल बसेको तर बुद्ध र ओशो आफू नभएको बताए।

‘ओशोले आफ्ना विचार निष्कपट, खुलस्त प्रकट गर्दा कति लखेटिनु पर्‍यो, आलोचना सहनु पर्‍यो, लाछिन हुनुपर्‍यो । ओशोमा बढी निस्पृहता थियो । तपाईं मन पराउनु हुन्छ कि हुन्न ओशोलाई मतलव थिएन,’ ओलीले भने, ‘ बुद्धले जे देखे त्यही भने र तत्कालीन समाजले बुद्धलाई लखेट्न खोज्यो । उनको मन कलुषित थिएन त्यसैले विरोध गर्नेहरू विस्तारै बिलाएर गए तर बुद्ध आज जहा“का त्यही छन् र शान्तिकामी व्यक्तिको रुपमा पूजनीय छन्।’

  प्रधानमन्त्री ओलीले मानिसलाई मन पर्ने मात्र कुरा गर्ने राजनीतिज्ञ जस्तो उनी कहिल्यै भएनन् भन्दै ओशोले कुनै गुलियो आवरण लगाएर कुरा नगरेको तथ्य आफैमा ठूलो विद्रोह भएको बताए । ‘ओशो समयभन्दा धेरै अघि जन्मिएका थिए । यस्ता कम्युनहरू मनको मिलनबाट मात्र सम्भव छ । प्रगतिको कामना गर्दछु,’ उनले भने।  

ओशो तपोवनका संस्थापक आचार्य स्वामी आनन्द अरुणले नेपालमा १४ वटा ओशो कम्युन, १ सय ओशो ध्यान केन्द्रहरू तथा ९० हजार ओशो संन्यासी रहेको र लाखौं ओशोप्रेमीहरूले राष्ट्र विकासको कामनास“गै ध्यानलाई दैनिक जीवनमा लागू गरेको बताए।

स्वामी अरुणले आगामी वर्ष बुद्ध पूर्णिमालाई राष्ट्र मात्र होइन अन्तर्राष्ट्रिय महोत्सवको रुपमा मनाउने प्रधानमन्त्रीको प्रस्तावको स्वागत गर्दै मानसिक रुपले विषाद र तनाव बढ्दै गइरहेको वर्तमान परिप्रेक्षमा पूर्वीय संस्कृतिको आत्म रुपान्तरणको मूल सन्देश ध्यानलाई विश्वव्यापी बनाउने कार्यमा सरकार र समाज जुट्न पर्ने कुरामा जोड दिए ।   
 

 

प्रकाशित: १९ वैशाख २०७५ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App