काठमाडौं – फिल्म ‘बादशाह जुट’को छायाँकन सुरु भएको छ। राजधानीमा शनिबारबाट छायांकन सुरु भएको फिल्म पोखरा र भारतको मुम्बईमा पनि खिचिनेछ।
जोनीसिंह राणाले निर्देशन गर्ने फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय छ।
फिल्म निर्माणमा एच एण्ड बी फिल्मस्सँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टको सहकार्य छ। अभिषेक कुमार सैनी लिखित फिल्ममा कमेडी, एक्सन, रोमान्स र थ्रिलको समिश्रण छ।
प्रकाशित: १० वैशाख २०७५ ०७:११ सोमबार