२ चैत्र २०८१ शनिबार
image/svg+xml २१:३५ अपराह्न
कला/संस्कृति

स्रष्टा सापकोटा र पौडेललाई लघुकथा समाजबाट पुरस्कारको घोषणा

लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको दुई पुरस्कारको घोषणा गरेको छ।

समाजको बिहीबार बसेको कार्यसमिति बैठकले ‘सावित्री केशर कथा पुरस्कार-२०८१’ अग्रज कथाकार ध्रुव सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ। सो सम्मानका साथ २१ हजार रुपैयाँ नगद राशि प्रदान गरिने पनि जनाइएको छ।

लामो समयदेखि कथा लेखनमा क्रियाशील कथाकार सापकोटाको उपन्यास र कथाकृति गरेर एक दर्जन साहित्यिक कृति प्रकाशित छन्।

त्यसैगरी लघुकथा समाज नेपालले यो वर्षको बाटुली-खिलध्वज लघुकथा पुरस्कार-२०८१ बाट लघुकथा चौतारी मकवानपुरका संयोजक एवम् लघुकथा लेखनमा सक्रिय लघुकथाकार, कवि किशन पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ।

उक्त सम्मानका साथ पनि नगद राशि २१ हजार रुपैयाँ प्रदान गरिने समाजका अध्यक्ष गोपाल अस्कले बताएका छन्। लघुकथाकार किशन पौडेलका लघुकथासङ्ग्रह खुसी र हिन्दी भाषामा अनूदित लघुकथासङ्ग्रह ´अन्तर्दृष्टि´ लोकप्रिय रहेको छ। साथै गजल, मुक्तक र कविता विद्यामा कलम चलाउँदै आएका किशन पौडेलको ´कहर` गजलसङ्ग्रह प्रकाशित छ। समाजको बिहीबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

लघुकथा समाजले स्रष्टाको नाम चयन गर्न समाजका सल्लाहकार वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

प्रकाशित: २१ फाल्गुन २०८१ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App