१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सलमानलाई अदालतले दियो जमानत

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले ४८ घण्टापछि जमानत पाएका छन्। कालो हरिण (कृष्णसार) मारेको अभियोगमा दोषी ठहरिँदै विहीबार ५ वर्षको सजायसहित जेल चलान भएका सलमानले तेस्रो दिन जोधपुर सेसन अदालतबाट ५० हजार रुपैयाँमा जमानत पाएका हुन्। 

अदालतको जमानत पत्र जेल पुगेपछि उनी रिहा हुनेछन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी साँझ ७ बजेभित्र रिहा भइसक्नेछन्। अदालतले उनलाई ७ मे मा अदालतमा उपस्थित हुन आदेश समेत दिएको छ भने देश छोड्नुभन्दा पहिला अदालतबाट अनुमति लिन भनेको छ।

राजस्थानको जोधपुरस्थित कांकाणी गाउँमा १९९८ मा कालो हरिणको शिकार गरेको मुद्दामा विहीबार सलमान दोषी ठहरिएका थिए। उनलाई ५ वर्ष जेल र १० हजार रुपैयाँ जरिवाना गरिएको थियो।

प्रकाशित: २४ चैत्र २०७४ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App