१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कलाकार बन्न प्रशिक्षण

कला प्रशिक्षण कार्यक्रममा आयोजक एवं अतिथि।

खोटाङ– नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले खोटाङमा चार विधामा प्रशिक्षण दिन सुरु गरेको छ । कलाका क्षेत्रमा क्रियाशिल नव–प्रतिभालाई विद्यागत रुपमा सक्षम बनाउने उद्देश्यका साथ प्रतिष्ठानले नृत्य, गायन, नाटक र वाद्यवादनसम्बन्धी प्रशिक्षण दिन थालेको हो।

१० दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा कलाका विभिन्न विद्यामा रुचि राख्ने युवाको सहभागिता रहेको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सुभद्रा–मदन फाउन्डेसनको संयोजनमा नृत्य, गायन, नाटक र वाद्यवादनसम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो।

प्रशिक्षणले नेपाली लोक संस्कृतिको संरक्षणमा टेवा पुग्ने प्रतिष्ठानले जनाएको छ । प्रशिक्षणमा नृत्यतर्फ नृत्यकार छवि थापा, गितारतर्फ गितार वादक आकाश गोर्खाली, नाटकतर्फ सोनु जयन्ती र गायनतर्फ खड्गबहादुुर थापामगरले प्रशिक्षण दिँदै छन्।

फाउन्डेसनका संरक्षक रहेका कृषिविज्ञ मदन राईले ‘कलाले सृजना गर्ने र सृजना नै आविष्कार बन्न सक्ने’ भएकाले युवालाई सिर्जनशील बनाउन प्रशिक्षणको संयोजन गरिएको बताए ।

 

प्रकाशित: २२ चैत्र २०७४ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App