२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कवि प्रद्युम्न जोशी र शिक्षाविद् प्राडा विद्यानाथ कोइराला पुरस्कृत

नेपाली शिक्षा परिषदले आफ्नो ७४ औं वार्षिकोत्सवको अवसरमा कवि प्रद्युम्न जोशीलाई नगद राशि ५० हजार रूपैयाँसहित ‘गोपाल पाँडे असीम पुरस्कार-२०८१’ प्रदान गरेकाे छ।

यसैगरी शिक्षाविद् विद्यानाथ कोइरालालाई नगद राशि १ लाख १ हजार रूपैयाँसहित ‘बालत्रिरत्न पुरस्कार-२०८१’ प्रदान गरेकाे छ।

दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कुटनीतिज्ञ प्राडा जयराज आचार्यले विशेष समारोहमा प्रदान गरेका थिए।

कार्यक्रममा कवि एवं पत्रकार ठाकुर बेलवासेले पुरस्कृत कवि प्रद्युम्न जोशी र पूर्व प्रधानाध्यापक रमेशप्रसाद गौतमले विद्यानाथ कोइरालाको बारे बोलेका थिए।

नेपाली शिक्षा परिषदका अध्यक्ष वरिष्ठ साहित्यकार रमा शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यार्थी मन्दिप श्रेष्ठलाई नगद राशि ५ हजार रूपैयाँसहित ‘गोपाल पाँडे असीम उत्कृष्ट नेपाली पुरस्कार’ प्रदान गरिएको थियो।

विद्यार्थी मन्दिप भानु माध्यमिक विद्यालय, दरबार हाइस्कुलमा एसइई परीक्षा २०८० मा सर्वोत्कृष्ट भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्राडा जयराज आचार्य, अध्यक्ष रमा शर्मा, पुरस्कृतहरू - विद्यानाथ कोइराला र प्रद्युम्न जोशी, वरिष्ठ कवि रमेश खकुरेल लगायतले  मन्तव्य राखेका थिए।

संस्थाका कोषाध्यक्ष शंकरप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कवि विजय न्यौपानेले श्रद्धाञ्जली कविता वाचन गरेका थिए।

 

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकारहरू श्याम प्रधान, जयदेव भट्टराई, शैलेन्दुप्रकाश नेपाल, भाग्यशाली अधिकारी, त्रिभुवनचन्द वाग्ले, सुशील पन्त, बमबहादुर थापा जिताली, जगदीश्वर पोखरेल, सन्तु श्रेष्ठ, गंगा लिगल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २ भाद्र २०८१ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App