१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मानफ्रेद र भगवतीलाई ‘नइ’

काठमाडौं– जर्मनीका प्रा. डा. मानफ्रेद गेरहार्ड थ्रोईलाई यस वर्षको ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । विगत चार दशकदेखि संस्कृत भाषाको विस्तारसँगै नेपालका विविध भाषाहरूको चालीस हजार हस्तलिखित ग्रन्थको सूची तयार गरी महत्वपूर्ण योगदान पुर्‍याएबापत नइ प्रकाशनले उनलाई पुरस्कृत गर्न लागेको हो।
नइले ३ लाख रुपैयाँ राशीको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ थ्रोईलाई प्रदान गर्ने निर्णय गरेको हो । विदेशी मूलका विशिष्ट व्यक्तिलाई प्रदान गरिने यो पुरस्कार पाउने थ्रोई छैटौं प्राज्ञ हुन् ।त्यस्तै इजरायलकी नेपाली साहित्यकार भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ दिइने भएको छ ।

नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सिर्जनात्मक र संगठनात्मक रुपमा निरन्तर समर्पण रहेको भन्दै उनलाई एक लाख रुपैंयाँ राशिको पुरस्कार दिन लागिएको हो ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले यो निर्णय गरेको हो । पुरस्कार शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ९९ औं शुभजन्मोत्सवका अवसर पारेर आगामी वैशाख ३० गते राजधानीमा प्रदान गरिनेछ ।

 

प्रकाशित: ११ चैत्र २०७४ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App