१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

भद्रकुमारी घलेको कला र जीवनको लोकार्पण

स्रष्टा जीतबहादुर रायमाझीकाे भद्रकुमारी घलेको कला र जीवन कृतिको लोकार्पण भएकाे छ। भद्र घले प्रतिष्ठानका अध्यक्ष भद्रकुमारी घलेको अध्यक्षतामा भएकाे कार्यक्रममा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले कृतिकाे लाेकार्पण गरेकी हुन्।

कार्यक्रममा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले भद्रकुमारी घलेकाे कला र जीवनबारे बाेल्दै घले नारीहरूका लागि प्रेरक व्यक्तित्व रहेकाे बताइन्।

त्यस्तै कार्यक्रममा नरेन्द्रराज प्रसाई, लक्ष्मी उप्रेती लगायतले साहित्यकार घलेकाे कला र जीवनबारे बाेलेका थिए।

लाेकार्पित कृति भद्रकुमारी घलेको कला र जीवन कृतिकाे प्रकाशन नइ प्रकाशनले गरेकाे हाे।

कार्यक्रममा भद्रकुमारी घले, इन्दिरा प्रसाई, कृतिका लेखक जीतबहादुर रायमाझी, नरेन्द्रराज प्रसाई, लक्ष्मी उप्रेती, भगवती बस्नेत आदिले मन्तव्य प्रकट गरेका थिए।

कार्यक्रममा साहित्यकारहरू- भगवती बस्नेत, लक्ष्मी उप्रेती, यमुना प्रधानाङ्ग ‘मुना’, ललिता दाेषी, रञ्जुश्री पराजुली, रश्मि रिमाल लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित: २२ जेष्ठ २०८१ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App