काठमाडौं - बलिउड अभिनेत्री दीपिका पादुकोण नेपाल आउने भएकी छन्।
हाल प्रदर्शनरत फिल्म ‘पद्मावत’का कारण चर्चामा रहेकी दीपिका फिल्म छायांकनका लागि आगामी मार्च ५ गते नेपाल आउने निर्माता एवं निर्देशक विशाल भारद्वाजलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ। भारद्वाजका अनुसार दीपिकासँगै अभिनेता इफरान खान पनि आउनेछन्।
नाम नखुलाइएको यो फिल्मको निर्देशन भारद्वाजले नै गर्दैछन्। ‘यस नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु,’ भारद्वाजले भनेका छन्। नेपालबाटै सुरु हुने फिल्मको छायांकनको लागि सबै तयारी पुरा भएको बताइएको छ।
क्रियाज इन्टरटेनमेन्ट र विशला भारद्वाज पिक्चर्सको व्यानरमा निर्माण हुने यो फिल्मको नाम भने तय भएको छैन्।
प्रकाशित: १९ माघ २०७४ १०:४० शुक्रबार