२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

आयो मिष्टर झोले !

काठमाडौं- चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ ।  दुवै फिल्मका निर्माता रहेका टेकेन खड्काले ‘मिष्टर झोले’ अघिल्लो फिल्मको सिक्वेल नभएको दाबी गरे ।
‘मेरो अघिल्लो फिल्म र नाम मनपराउनु भएका दर्शक, इष्टमित्र तथा परिवारले सिक्वेल कहिले आउँछ भनेर पटक पटक सोध्नुभयो,’उनले सोमबार पत्रकार माझ भने,‘मैले दोस्रो फिल्म बनाउनका लागि निर्देशक रामबाबु गुरुङसँग सल्लाह गर्दा उहाँसँग स्क्रिप्ट तयारी अवस्थामा रहेछ ।  त्यही भएर ‘मिष्टर झोले’ नाम राखेर अगाडि बढेका हौं । यो नाम केवल मिलेको मात्र हो, सिक्वेल होइन ।’
निर्माता टेकेनले दोस्रो फिल्मका लागि निर्देशक दीपेन्द्र के खनाललाई नै अनुबन्धित गराउन चाहे पनि त्यो प्रयास सम्भव नभएको खुलाए । ‘अघिल्लो फिल्मको निर्देशन पनि दीपेन्द्रले नै गर्नुभएको थियो । त्यसकारण अहिलेको फिल्म पनि उहाँलाई नै जिम्मा दिने तयारीमा थिएँ,’टेकेनले भने,‘तर दुई तीनवटा फिल्ममा उहाँको व्यस्तता भएपछि उहाँकै सल्लाहमा फिल्ममा लिन सकिनँ ।’
फिल्मका लेखक तथा निर्देशक रामबाबुले फिल्मले ग्रामीण परिवेशको प्रेमकथालाई प्रस्तुत गर्ने बताए । नायिका वर्षा राउतले फिल्मबाट पाउने दर्शकको प्रतिक्रिया आफ्नो पखाइको विषय रहेको बताइन् ।
सिने मेकर्स र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा प्रविण खतिवडा, दिया पुन, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल, निरु खड्कालगायतका कलाकारको अभिनय छ । रौनक विक्रम कँडेल कार्यकारी निर्माता रहेको फिल्ममा ओम चन्द रौनियार, अर्जुन कार्की र मणिराम पोखरेल सहनिर्माता छन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, कालीप्रसाद बास्कोटा र सुजेन कार्कीको संगीत र शैलेन्द्र डी कार्कीको छायांकन छ । फिल्म पुस २८ गतेबाट प्रदर्शनमा आउँदैछ । सोही मितिमा आर्यन अधिकारी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको ‘बटरफ्लाई’ पनि रिलिज हुँदैछ ।

प्रकाशित: २६ मंसिर २०७४ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App