१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

र्‍याम्पमा कुकुरको क्याटवाक

काठमाडौं- फेसन सो भन्नासाथ महिला तथा पुरुषले कुनै ब्रान्डको प्रबद्र्धनका लागि ¥याप सोमा क्याटवाक गरेको दृश्य मनमा आउँछ । मानिसले मात्र यस्तो काम गर्ने चलन चलिरहँदा शनिबार राजधानीमा केही फरक दृश्य देखियो । राजधानीका विभिन्न घरका कुकुरहरू शनिबार काठमाडौंमा ¥याम्प सोमा देखिए ।
क्यानल क्लब अफ काठमाडौंको सहयोगार्थ के ९ डग ट्रेनिङ एन्ड केयर, सानेपा र एब्स्ट्रयाक्ट पेट्स स्वयम्भूले आयोजना गरेको ‘डग्स पार्टी’मा विभिन्न प्रजातिका ५८ कुकुरले ¥याम्पमा क्याटवाक गरे । सानादेखि ठूला आकारका कुकुर रातो कार्पेटमा हिँड्दा कुकुरका मालिकहरू निकै खुसी देखिए । झन्डै दर्जन बढी मानिसहरू जर्मन सेफर्ड, बुलगड, सेन्टबाभार्ड, बक्सरलगायतका झन्डै दर्जन प्रजातिका कुकुरका साथ झुल्किए ।
क्यानल क्लब अफ नेपालका अध्यक्ष प्रवीन बज्राचार्यले कुकुर र उसका मालिकहरूलाई एकै ठाउँ भेला गराई कुकुरको स्याहार तथा स्वास्थ्यको विषयमा जानकारी गराउन कार्यक्रम गरिएको बताए । ‘हामी कोही कतैबाट प्रभावित भएर कार्यक्रम गरेका होइनौं । आफैं युवाहरू मिलेर गरेका हौं,’ उनले भने, ‘कुकुरलाई सामाजिक बनाउने तरिकासँगै उनीहरूको बानी व्यवहार र मालिकले उनीहरूलाई गर्नुपर्ने व्यवहारको विषयमा जनचेतना जगाउन कार्यक्रम गरेका हौं ।’ उनले अब वार्षिक रूपमा क्यानल क्लबले कार्यक्रम गर्दै लैजाने बताए ।
कार्यक्रममा सहभागी हुन पूर्व बैंकर तथा लगानी बोर्डका पूर्व अध्यक्ष राधेश पन्त श्रीमती अनुसँगै आएका थिए । राजधानीमा ब्रीड ब्राण्डका कुकुर किनेर पाल्ने चलन चलिरहँदा उनी चाहिँ बाटोमा अलपत्र परेको एक कुकुरको उद्धार गरेको वर्ष दिन पछि त्यहाँ देखिए । ‘यो कुकुर एक वर्षअघि नर्भिक अस्पताल छेऊमा अलपत्र अवस्थामा थियो । फोहोरको बीचमा कुकुर देखेपछि अनुले बोकेर घर ल्याइन्,’ कुकुर छेउमै रहेकी अनुतिर हेर्दै राधेशले भने, ‘हाम्रो घरमा पाँचवटा कुकुर छन् । हामी समय समयमा घरमा नै कुकुर भेला गरेर सानोतिनो कार्यक्रम गर्छौं ।’
कुकुरसँग खेल्न पाउँदा बालबालिकाहरूको दिमाग चंगा हुने राधेशको बुझाइ छ । ‘तनावको समयमा कुकुरसँग जिस्कँदा फ्रेस अनुभव गर्छन,’ हाल भी रक एन्ड कम्पनीका अध्यक्ष रहेका राधेशले भने, ‘विगत १५ वर्ष यता नेपालमा कुकुर पाल्ने चलन बढेको देख्दा खुशी लाग्छ ।’
कार्यक्रममा क्यानल क्लब अफ नेपालका पूर्व अध्यक्ष जयनारायण सिंह र एनिमल मेडिकल सेन्टरका सञ्चालक डा. सुशीलकुमार पौडेलले कुकुर धनीहरूलाई विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । उनीहरूले कुकुरको खानेकुरा, उपचार, स्याहारसुसारदेखि विविध विषयमा प्रशिक्षण दिए ।
एब्स्ट्रयाक्ट पेट्सबाट १५ महिना अघि सेन्ट बाभार्ड प्रजातिको कुकुर किनेका सितापाइलाका रिषभ राजभण्डारीले वार्षिक रूपमा कुकुर सम्बन्धी कार्यक्रम हुनुपर्ने आयोजकलाई सुझाव दिए । ‘कुकुरलाई कसरी स्याहार गर्ने भन्ने विषयमा हामी अझै पनि जानकार छैनौं,’ उनले भने, ‘यस्तो अवस्थामा कुकुरसम्बन्धी काम गर्ने संस्थाले मासिक रूपमा विभिन्न कार्यक्रम गरेमा हामीलाई पनि फाइदा पुग्थ्यो ।’ कार्यक्रममा कुकुर हेर्न र फोटो खिच्नेको भिडभाड थियो । आयोजकले कुकुरकै लागि खानेकुराको पनि व्यवस्था गरिदिएका थिए ।
कार्यक्रममै प्रवीनको पाँचौं एल्बम ‘कुकुर अनि म’ पनि सार्वजनिक गरियो । गायक प्रवीन, क्यानल क्लबका पूर्व अध्यक्ष सिंह र डा. पौडेलले संयुक्त रूपमा एल्बम सार्वजनिक गरेका थिए । एल्बममा ‘हे मानव’, ‘पानी प¥यो’, ‘जिन्दगीको’, ‘बोल्न सक्दिन’, ‘सान्नानीको’, ‘बिन्ती मेरो’ र ‘बिहानी’ बोलका गीत छन् । गीतमा डा. सुनिल सापकोटा, प्रवीण बज्राचार्य, रवि मल्ल, प्रकाश कसनिक र सुजाता तामाङका शब्द तथा कल्याण सिंह, प्रवीन बज्राचार्य र दीपंकर क्षेत्रीको संगीत छ ।

 

प्रकाशित: २६ कार्तिक २०७४ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App