१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘ह्याप्पी न्यु इयर’ भन्दै सन्ध्या

काठमाडौं – विदेशमा गएर प्रेमकथाका फिल्म निर्माण गर्ने चलन चलिरहँदा नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको नयाँ फिल्म ‘ह्याप्पी न्यु इयर’को शीर्ष गीत आइतबार सार्वजनिक गरिएको छ । गीतमा विनोद ढकालको शब्द÷संगीत र नवराज बस्नेतको स्वर छ । नायक कुशल थापा र नायिका सन्ध्या केसी फिचरिङ गीतमा रोहन नेपालीको कोरियोग्राफी रहेको छ । 

गीत सार्वजनिक कार्यक्रममा फिल्मकी प्रस्तुतकर्ता रती थापा श्रेष्ठले फिल्मको कथा राम्रो लागेर फिल्म बनाउन कुशललाई प्रस्ताव गरेको बताइन् । रती र कुशल श्रीमान्श्रीमती हुन् । फिल्म निर्देशक देवकुमार श्रेष्ठले फिल्मले अहिलेको युवापुस्ताको प्रेम भावना बोल्ने बताए । ‘फिल्म प्रेमकथाको भए पनि फरक शैलीमा देखाउने प्रयास गरेका छौं,’ उनले भने, ‘कथासँगै दर्शकले नेपाल र अस्ट्रेलियाका राम्रा लोकेशन फिल्ममा हेर्न पाउनुहुनेछ ।’

नायक कुशलले आफू फिल्म निर्माणमा संलग्न रहेकाले फिल्म राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । ‘स्क्रिप्ट बनेकै झन्डै चार वर्ष भएको थियो,’ उनले भने, ‘निर्देशक र कलाकार खोज्दैमा समय गुज्रियो । तर सबै काम फाइनल भएपछि स्क्रिप्ट निकाल्दा त स्क्रिप्ट धुलोले छोपिइसकेको रहेछ ।’ नायिका सन्ध्याले फिल्मको कथा राम्रो लागेर आफू काम गर्न सहमत भएको बताउँदै प्रेमकथाको फिल्म भएकाले आफू फिल्ममा आबद्ध भएको बताइन् । 

पौष १४ गते रिलिज हुने फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, ईश्वर थापा, पदम शाक्यलगायतको अभिनय छ भने फिल्ममा विनोद ढकाल र टंक बुढाथोकीको संगीत, अर्जुन जिसीको सम्पादन र बेञ्जामिन डे तथा रामेश्वर कार्कीको छायांकन छ ।

प्रकाशित: ३० आश्विन २०७४ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App