१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

करिना अब मधुवाला !

मुम्बई- पछिल्लो समयमा बलिउडमा बायोपिकमा फिल्म बनाउने लहर नै चलेको छ। महेन्द्र सिंह धोनी र गीता फोगाटपछि साइना नेहवालको कथामा पनि फिल्म बन्ने तयारी भइरहेको छ। हालै मात्र दिल्लीको मेडम तुसाद म्युजिममा सजिएकी अभिनेत्री मधुबालाको जीवनीमा पनि फिल्म बन्ने चर्चा चलिरहँदा उनकी बहिनी मधुर ब्रिजले फिल्मको  शीर्ष भूमिकामा अभिनेत्री करिना कपुर खानलाई अभिनय गराउन चाहेको बताएकी छिन्।

उनले अहिलेको समयमा बलिउडका सबै कलाकारको अभिनय उम्दा भए पनि आफूलाई भने करिना मनपर्ने बताएकी छिन्। 'कुनै समयमा मैले दिदीको भूमिकामा माधुरी दिक्षितलाई लिने कि भन्ने योजना बनाएको थिएँ। तर, अहिले उनको ठाउँमा करिनालाई लिने सोच बनाएकी छु,'उनले भनेकी छन्,'करिनाको अनुहारमा मधुवालाको जस्तै चञ्चलता  र सुन्दरता पाउँछु। फिल्म 'जब वी मेट'मा करिनाले निर्वाह गरेको चरित्रले पनि उनी मधुवाला हुन उपयुक्त छिन्।' मधुरले मधुबाला आफ्नो दिदी भए पनि साथी जस्तै व्यवहार गर्ने गरेको स्मरण गरिन्।  'मभन्दा अग्रज भए पनि उनले सबैलाई फिल्म क्षेत्रमा आउन प्रोत्साहन गर्थिन्।' उनले भनेकी छन्।

सन् १९३३ मा जन्मिएकी मधुबालाले १९४२ देखि १९६२ को अवधिमा निकै चर्चित फिल्ममा काम गरिन्। उनले यो समयमा 'महल', 'अमर', 'मिष्टर एण्ड मिसेस ५५', 'चल्तीका नाम गाडी', 'मुगल ए आजम' र 'वर्षातकी रात' जस्ता फिल्ममा अभिनय गरेकी थिइन्। लामो समय अस्वस्थ रहेपछि उनको १९६९ फेब्रुअरी २३ मा निधन भएको थियो।

अभिनेत्री करिनाले फिल्म 'चमेली'मा यौनकर्मी, 'की एन्ड का'मा स्वतन्त्र महिलाकर्मीको भूमिकामा अभिनय गरिसकेकी छन्। हाल करिना पति सैफ र छोरा तैमूरका साथ स्वीटजरल्यान्डमा विदा मनाइरहेकी छन्। त्यहाँबाट फर्किएपछि करिनाले सोनम कपुर र स्वरा भास्कारको फिल्म 'वीर दि वेडिङ'को सुटिङ शुरु गर्नेछिन्।

 

प्रकाशित: २९ श्रावण २०७४ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App