१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

बुद्ध शान्ति पुरस्कार दाहाल यज्ञनिधिलाई

भिक्षु कौन्डन्य महास्थवीर दाहाल यज्ञनिधिलाई पुरस्कार प्रदान गर्दै।

काठमाडौं– बुद्धशान्ति कमलराज रेग्मी साहित्य पुरस्कार २०७४ साहित्यकार दाहाल यज्ञनिधिलाई प्रदान गरिएको छ। बुद्धशान्ति फाउन्डेसनद्वारा साहित्यकार कमलराज रेग्मीका नाममा स्थापित सो पुरस्कार शनिबार आयोजित कार्यक्रममा भिक्षु कौन्डन्य महास्थवीरले दाहाललाई प्रदान गरे। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।

कार्यक्रममा साहित्यकार रेग्मीका कृतिको समीक्षा तथा अन्तरक्रिया पनि गरिएको थियो। रेग्मीको ‘आमा म र पाल्पा’ पुस्तकका बारेमा डा.नेत्रप्रसाद न्यौपानेले तथा ‘बचेरालाई आहारा’ पुस्तकका बारेमा नेत्र एटम तथा रजनी ढकालले प्रस्ट्याएका थिए। ‘ओझेलमा परेका साहित्यकार हुन् वा सम्मानित समाजका अग्रज सबैको सम्मानका लागि फाउन्डेसनले सहकार्य गर्दै बुद्धको शान्तिज्ञान फैलाउने र समाजमा रहेका सबैलाई समाजप्रति दायित्ववोध गराउने प्रयास गर्नेछौं,’ फाउन्डेसनकी अध्यक्ष सन्ध्या रेग्मीले बताइन्।

९२ वर्षीय साहित्यकार रेग्मीले नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न पनि यस्ता संस्थाको भूमिका रहने बताए । पुरस्कृत व्यक्तित्व दाहाल यज्ञनिधिले साहित्यिक कर्मबाटै समाजमा चेतना भर्न सकिने बताए। कार्यक्रममा किरण रेग्मी पाठकले कविता वाचन गरेकी थिइन् भने फाउन्डेसनकी उपाध्यक्ष अरुणा कोइरालाले दाहाल यज्ञनिधिको दीर्घजीवनको कामना गरेकी थिइन् ।
 

प्रकाशित: ४ श्रावण २०७४ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App