१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कमेडियन भारती र हर्षको इंगेजमेन्ट

मुम्बई- कमेडियन स्टार भारती सिंह इंगेजमेन्ट गरेकी छन्। उनले हर्ष लिम्बाचियासँग इंगेजमेन्ट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कमेडीमा आफ्नो छुट्टै छबि प्रस्तुत गर्न सफल भारतीले समाजिक सञ्जालबाट इंगेजमेन्टको तस्बिर सार्वजनिक गरेकी हुन्। 

उनले अविश्मरणीय क्षण भन्दै तस्बिर सार्वजनिक गरेकी हुन्। उनको इंगेजमेन्टमा परिवार र केही नजिकका साथीमात्र बोलाइएको बताइएको छ।

भारती र हर्ष यसअघि नच बलिएको आठौं संस्करणमा सहभागी भएका थिए। यसअघि पनि यी दुईको इंगेजमेन्ट भएको हल्ला फैलिएको थियो। उक्त बेला भारतीले हल्ला अफवाह भएको प्रष्टीकरण दिएकी थिइन्। उनको रियल इंगेजमेन्टले भने सबैलाई चकित बनाएको भारतीय मिडियाहरुले जनाएका छन्।

प्रकाशित: १८ जेष्ठ २०७४ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App