१२ असार २०८१ बुधबार
image/svg+xml
कला

रहेनन् गायक तथा अभिनेता रविन तामाङ

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित रक गायक रविन तामाङको निधन भएको छ।

तामाङको मङ्गलबार ६० वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन्।

प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मङ्गलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो। तामाङको घरमा प्रहरी टोली पुग्दा उनी खाटको छेउ मृत भेटिएको चन्दले बताए।

मृत्युको कारण शव परीक्षणपश्चात् मात्र खुल्ने प्रहरीले जनाएको छ। रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहेका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए।

पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ। उनको निधनमा नेपाली सङ्गीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।

गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन्।

प्रकाशित: १९ असार २०८० १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App