१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

पाका गायकको आवाजमा ‘अग्रज’

काठमाडौं – पाँच वरिष्ठ गायकको स्वर समेटिएको एल्बम ‘अग्रज’ सार्वजनिक भएको छ । एल्बममा वरिष्ठ गायक प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, योगेश बैद्य, दीपक खरेल र संगीता राना प्रधानको स्वर छ ।

एल्बममा राजुबाबु श्रेष्ठको रचना र  हरि लम्सालको संगीत रहेको छ । श्रेष्ठ र लम्साल काठमाडौंका मुख्य रेडियो स्टेसनमा गएर एल्बम सार्वजनिक गरेका हुन् । ‘गीत सुन्ने कुरा हो, त्यसैले तड्कभड्कपूर्ण विमोचन गर्न छाडेर सिधै रेडियो स्टेशनमा गयौं,’श्रेष्ठले भने । 

श्रेष्ठले ‘सम्पति दिए सकि है जाला’ बोलको गीत गाएका छन् भने खरेलले ‘खै कस्तो चिज रैछ माया’,  प्रधानले ‘कि माया लाउँदै नलाउनु’, बैद्यले ‘पाप गरी मन्दिर जान्छन्’ र प्रधानले स्वरमा ‘आँसु पिएर हाँस्न सिकायो’ बोलको गीत गाएका छन् । 

अभिभावक पुस्तालाई नयाँ ढंगले एउटै ठाउमा जम्मा गर्ने काम गाह्रो भए पनि तीन वर्षदेखि लागेको कारण सम्भव भएको श्रेष्ठले बताए । 

 

प्रकाशित: ६ वैशाख २०७४ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App