राष्ट्रिय जनसाहित्यिक संघ, नेपालले आयोजना गरेको ‘अविरल काव्ययात्रा’ को ७९ औं शृंखलामा शुभेच्छुका एक दर्जन कविता प्रस्तुत भए। कार्यक्रममा शुभेच्छुका करिब दुई दशक बिचमा रचना भएका दर्जन कविता प्रस्तुत भएका हुन्।
स्वागत मन्तव्य र कवि परिचयपछि रमेश शभेच्छुकले ‘मेरो परिवार’, ‘अँध्यारो’, ‘स्वयम्भू’, ‘आमाको मुख’, ‘रातो बत्ती’ र ‘उल्टो न्याय’ गरी छ कविता वाचन गरेका थिए।
कविहरू: जय गौडेलले ‘हन्मेर्नो’, नारायण निरासीले ‘अचानो’, देवु लुइँटेलले ‘माझी’, गीता सापकोटाले ‘आमा’ र ‘द्रोणाचार्यमाथि अभिमन्यु प्रश्न’,डम्बर पहाडीले ‘लुखुरेको वादी’ वाचन गरेर कवि शुभेच्छुकका कवितामा थप ओज प्रदान गरिएको थियो।
शुभेच्छुका वाचित कवितामध्ये नौ कविता शास्त्रीय लय ढाँचामा र बाँकी तीन मुक्त लयढाँचामा संरचित थिए। वाचित कविताले एकपछि अर्को गर्दै स्रोताको मन तान्न सकेका थिए। कवि शुभेच्छु आफैं सशक्त कवि, वाचक र शास्त्री एवं लोककलाका विशिष्ट प्रशिक्षक पनि हुन्।
राष्ट्रिय जनसाहित्यिक संघ, नेपालले आयोजना गरेको ‘अविरल काव्ययात्रा’ को ७९ औं शृंखलामा शुभेच्छुका एक दर्जन कविता प्रस्तुत भए। कार्यक्रममा शुभेच्छुका करिब दुई दशक बिचमा रचना भएका दर्जन कविता प्रस्तुत भएका हुन्।
शुभेच्छुले अविरल जनसाहित्य यात्रामा थ्रुपो पटक सहभागी भएर, थुप्रो पाठक वाचक भएर र केही पटक समीक्षक भएर उपस्थित भएको सम्झिंदै कविताका रचनागर्भ पनि सामान्य प्रस्तुत गर्दै आफ्ना कविता प्रस्तुत गरेका थिए।
राष्ट्रिय जनसाहित्यिक संघ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद् माननीय दयालबहादुर शाहीको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व अध्यक्ष खगेन्द्र राई, मधेसी आयोगकी आयुक्त सेतु, शुभेच्छुका पितामाता, डम्बर घिमिरे, राममणि ढुंगेल, डा. कृष्ण भारद्धाज, इन्द्रकुमार श्रेष्ठ सरित, नवराज रिजाल, गोपाल मैनाली, डा. भागवत आचार्य, आरसी न्यौपाने, डा. सीता सुवेदी पन्थी, ज्ञानु विद्रोही, रुपक अलंकार लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय जनसाहित्य संघ, नेपालका महासचिव प्रकाश सिलवालले चलाएको उक्त कार्यक्रममा डा. हरिप्रसाद सिलवालले कवि रमेश शुभेच्छुकको साहित्यिक परिचय दिएका थिए।
त्यस्तै प्रा. केशवप्रसाद सुवेदीले वाचित कविताको समीक्षात्मक टिप्पणी गरेका थिए।
टिप्प्णीका क्रममा सुवेदीले शुभेच्छुका सबल र दुर्बल पक्षको गहन विश्लेषण गरे। कविताकाे टिप्पणी गर्नुअघि उनले भने,‘शुभेच्छुजी र म एमए र एमफिलका गुरुचेला हौं। वासुदेव त्रिपाठी, म र शुभेच्छुजी मिलेर दैवज्ञराज न्यौपानेका विषयमा एउटा कृति पनि लेखेका छौं। यस अर्थमा उहाँ मेरो सहलेखक र सहकर्मी पनि हुनुहुन्छ। त्यस्तै उहाँ र मेरो जम्काभेट यस्ता संघसंगठनमा धेरै ठाउँमा भएको छ। हामी दुवै प्राध्यापक र वैचारिक लेखक हौं। यस अर्थमा हाम्रो त्रैत सम्बन्ध छ। यस सम्बन्धले पनि समीक्षकका रूपमा मेरो छनोट भएको हुनुपर्छ।’
सुवेदीले शुभेच्छुले दश वर्षका उमेरमा ३ कक्षामा पढ्दैदेखि लेखेको भए पनि २०५७ सालदेखि उनका दुई दर्जनअघिका सिर्जनात्मक कृति प्रकाशन भइसकेको पनि बताए। उनले शीर्षक चयन र कविता विन्यासमा केही मिलाउनुपर्ने पक्ष भए पनि टाक्सिंदै गएको कविता परम्परामा शुभेच्छुको कवित्व प्रखर रहेको बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस युगका लेखकले महाभारतको युगका व्यासको काम गरेको बताए। उनले लेखकहरूले हामीलाई प्रेरित गर्न सक्ने गरी लेख्नुपर्ने भन्दै लेखनले समाज परिवर्तनमा सघाउने बताए।
सुवेदीले शुभेच्छुले दश वर्षका उमेरमा ३ कक्षामा पढ्दैदेखि लेखेको भए पनि २०५७ सालदेखि उनका दुई दर्जनअघिका सिर्जनात्मक कृति प्रकाशन भइसकेको पनि बताए। उनले शीर्षक चयन र कविता विन्यासमा केही मिलाउनुपर्ने पक्ष भए पनि टाक्सिंदै गएको कविता परम्परामा शुभेच्छुको कवित्व प्रखर रहेको बताए।
उनले शुभेच्छुको पारिवारिक र साहित्यिक वातावरणबाट आफू प्रभावित भएको र फुर्सदमा लेख्ने गरेको पनि बताए। झन्डै तीन घण्टा भएको उक्त कार्यक्रमा राष्ट्रिय जनसाहित्यिक संघ, नेपालका उपाध्यक्ष नर्मदेश्वरी सत्यालले उपस्थितहरूलाई धन्यवाद ज्ञापन गर्दै सभाको समापन गरेकी थिइन्।
प्रकाशित: २८ जेष्ठ २०८० ०७:१६ आइतबार